घरमा आफन्तको मृत्यु भएका २ नेपाली भारतमा किरियामा, ट्युब तरेर आउन खोज्दा सशस्त्र प्रहरीले रोक्यो

0
1190

विरा दत्त भट्ट, दार्चुला ।

भारतको झुलाघाट क्षेत्रमा २ जना नेपालीहरु घरमा आफ्न्तहरुको निधन हुदा किरियामा बसेको पाइएको छ । किरियामा बसेका २ जना सहित ११ जना महाकाली नदीमा ट्युब तरेर आउन खोज्दा सशस्त्र प्रहरीले रोकेको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ ।
महाकाली नदी किनार झुलाघाटबाट अबैध रुपमा ट्युब तरि नेपाल आउन खोज्ने १३ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
ट्युबमा महाकाली नदीमा आइरहेको देखेपछि नेपालको सशस्त्र प्रहरीले रोक्न खोज्दा उनिहरु भारततर्फ नै फर्केको र भारतमा प्रहरीले नियन्त्रणमा लिएको उक्त पत्रिकाले जनाएको छ ।
नेपालका १३ जना कामदारहरु भारतको अड्कानी भन्ने ठाउँमा ठेकेदार संग काम गर्ने गरेको बताइएको छ । काम पुरा भएपछि ठेकेदारले उनिहरुलाई पैसा पनि दिइसकेको पाइएको छ ।
नेपाल भारत सिमानका बन्द भएकाले नेपालीहरु ट्युब तरेर नेपाल आइरहेको नेपालको सशस्त्र प्रहरीले देखेपछि भारत नै फर्कन भनेको थियो । पक्राउ परेका नेपालीहरुलाई थाना झुलाघाट लगीएको पत्रिकाले उल्लेख गरेको छ । उक्त समुहमा बाजुरा, बैतडी, मुगु र जुम्ला लगायतका नेपालीहरु रहेका छन् । किरियामा बसेका नेपाली कामदारबारे भने पत्रिकाले उल्लेख गरेको छैन ।