जन्मदिनको अवसरमा सहकर्मी पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण

894

विरा दत्त भट्ट, दार्चुला ।

जन्मदिनको अवसरमा दार्चुलामा पत्रकारीताको क्षेत्रमा सक्रिय ब्यक्तित्व राम सिह धामीले सहकर्मी पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
कोरोना भाइरसको प्रकोपका बेला रिर्पोटीङका क्रममा पत्रकार जोखीममा पर्ने भएकाले सहकर्मीहरुलाई सुरक्षाका लागी सेनिटाइजर, मास्क, डायरी र कलम वितरण गरेको पत्रकार राम सिह धामीले बताउनुभयो ।
“रिर्पाेटिङका क्रममा खटिने पत्रकारको सुरक्षा अवस्थाको बारेमा आफुले राम्ररी बुझेको छु, त्यसैले केहि मात्रामा भएपनि जन्मदिनको अवसरमा सहकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको हु ” पत्रकार धामीले भन्नुभयो ।
दार्चुला जिल्लामा क्रियासिल पत्रकार राम सिह धामी पर्यटन पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष हुन भने टिभी टुडे टेलिभिजनका सम्बाददाता हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !