भागेर बिवाह गर्ने मृत फेला परेः सुसाइट नोटमा बेलिबिस्तार

0
1156

पदम बडाल, दार्चुला ।
मार्मा गाउँपालिकामा भागेर बिवाह गर्ने एक दम्पत्ति भीरमा मृत फेला परेका छन् । मार्मा गाउँपालिका वडा नम्बर १ ताकुको सुगँरभेल भन्ने भीरमा हालै दोस्रो विहे गरेका महिला र पुरष दुबैले आत्महत्या गरेको अनुमान गरिएको छ ।
मार्मा गाउँपालिका वडा नम्बर १ ताकुका राजेन्द्र महरा र वडा नम्बर १ को दहका लालमती धामीले भीरबाट हाम फालेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको आफन्त गगनसिँह धामीले बताएका छन् । उहाँका अनुसार भीरमा दुबैको हात एउटै पछ्यौरीले बाँधेको अवस्थामा शव फेला परेकाले आत्महत्या गरेको अनुमान गरिएको छ । राजेन्द्रले लालमतीसँग भागेर बिवाह गरेको समेत स्थानीयको भनाई छ ।
बैशाख ३ गते मात्रै भागेर विबाह गरेका जोडी शुक्रबार साँझदेखि बेपत्ता रहेका थिए । शुक्रबार साँझदेखि बेपत्ता दुबैजना शनिवार सुगुँरभेलको भीरमा मृत अवस्थामा फेला परेका हुन् । नवजोडीले आफन्त तथा साथीहरुलाई आफूहरु खोज्न उक्त भीरमा आउन मोबाइलबाट म्यासेज समेत पठाएको आफन्तहरुले बताएका छन् । मोबाइलमा प्राप्त सन्देश अनुसार भीरमा खोज्न गएपछि करिब ६÷७ सय मिटर तल भीरमा दुबैको शव अड्किएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लटीनाथका प्रहरी निरीक्षक कमल विष्टले बताउनु भयो । शनिबार बिहानै शव फेला परेपनि माइती पक्ष आइपुगेपछि साँझमात्रै शव उठाइएको प्रहरी निरीक्षक विष्टले बताउनु भयो । प्रहरी निरीक्षक विष्टका अनुसार केटाको गोजीमा सुसाइट नोट भेटिएको छ ।

पाँच पानाको सुसाइट नोट

डेढ वर्षका छोराका बाबु राजेन्द्र र उनकी नयाँ दुलहीले संयुक्त रुपमा लेखेको पाँच पानाको सुसाइट नोट समेत प्रहरीले फेला पारेको छ ।
सुसाइड नोटमा आफ्नी जेठी श्रीमतीलाई छोरोको मुख हेरेर जीवन जीउन अपिल गरिएको छ । राजेन्द्रको कलाकार बन्ने इच्छा अधुरै रहेको र आफ्नो भिडियो सार्वजनिक गर्न तिन ठाउँमा आग्रह गरिएको छ । त्यसका लागि १४ हजार रुपैयाँ किशोर कुमार भण्डारीलाई उपलब्ध गराउन पनि भण्डारीको खाता नम्बरसमेत नोटमा उल्लेख छ । नोटमा आफन्तको बदनामी हुन नदिन र आफ्नो माया साचो हो भनी प्रमाणित गर्न आत्महत्या गरेको उल्लेख गरिएको छ ।
केटाको दोस्रो विबाह भएपनि केटीको भने पहिलो विबाह रहेको आफन्तहरुले बताएका छन् । केटाको घरमा श्रीमती र करिब डेढ वर्षको एउटा छोरो छ ।