श्रीमतीको धारिलो हतियार प्रहारले श्रीमान घाइते

1601

विरा दत्त भट्ट, दार्चुला ।

नौगाड गाउँपालिकाको वडा नं १ कसाडमा एक महिलाले आफ्ना श्रीमानलाई धारीलो हतियार (हसिया) प्रहार गरेकी छिन् । सोमबार विहान दुबै जना जंगल दाउरा बटुल्न गएका बेला श्रीमतीले आफ्नै श्रीमानलाई पछाडीबाट प्रहार गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दाउरा बटुल्न गएका बेला विवाद भएपछि ४० बर्षीय रतन सिह ठगुन्नाकि श्रीमती ३४ बर्षीय धर्मती ठगुन्नाले हसिया प्रहार गरि घाइते बनाएकि हुन् ।
ठगुन्ना दम्पतीका १६ बर्षीया छोरी र १३ बर्षीया छोरा रहेका छन् ।
दुबैजनालाई प्रहरी चौकी दल्लेखले जिल्ला प्रहरी कार्यालय दार्चुला पुगाएको छ भने सोधपुछ गरि घाइतेलाई उपचारका लागी अस्पत्ताल लग्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।घाइते ठगुन्नाको टाउकोमा चोट लागेको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !