पत्रकार महासंघ दार्चुला शाखा द्धारा क्रियाशिल पत्रकारहरुलाई राहत वितरण

0
1032

विरा दत्त भट्ट, दार्चुला ।

नेपाल पत्रकार महासंघ दार्चुला शाखाले दार्चुला जिल्लामा क्रियाशिल पत्रकारहरुलाई राहत वितरण गरेको छ । कोरोना भाइरसको प्रकोपका बेला गरिएको लकडाउनमा समाचार संकलनमा अहोरात्र खटीएका पत्रकारहरुलाई प्रोत्साहन स्वरुप ४४ जनालाई प्रति ब्यक्ति १५ सयका दरले राहत वितरण गरिएको नेपाल पत्रकार महासं दार्चुला शाखाका अध्यक्ष शंकर सिह धामीले जानकारी दिनुभयो ।
राहत वितरणका लागी पत्रकार महासंघ दार्चुला शाखाले दार्चुला सदरमुकाममा डेरा गरि बस्ने र स्थानिय तथा राष्ट्रिय मिडियामा आबद्ध पत्रकारहरुको तथ्याङ्क संकलन गरिएको थियो ।