बैतडीमा १३ बर्षिया बालिकालाई अपहरण गरि जबरजस्ती करणी गरेको ओपमा दुई जना पक्राउ

0
782

दार्चुला, भाद्र २६ गते ।
बैतडीको पुरचौडी नगरपालिकामो १३ बर्षिय बालिकालाई अपहरण गरेर जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जबरजस्तीकरणी गरेको आरोपमा सुर्नया गाउँपालिका ८ का बर्षीय अर्जुन साँउद र कैलालीको गोदावरी नगरपालिका बस्ने वासुदेव पन्तलाई प्रहरीलाई पक्राउ गरेको छ ।
आफन्तहरुले दिएको जानकारी अनुसार ढोल्यामोड अस्थाई प्रहरी पोष्टले आरोपीहरुलाई पक्राउ गरेको अस्थाई प्रहरी पोष्ट ढोल्यामोडका इन्चार्ज गजाधर महराले जानकारी दिनुभयो । प्रहरी टोलीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पाटनमा बुझाएको थियो ।
पुर्चौडी नगरपालिकाकी १३ बर्षीया बालिकालाई फकाई फुल्याई मोटरसाइकलमा ढोल्यामोड बनमा लगेको आफन्तहरुले बताएका छन् । पिडित बालिकाका काकाले ढोल्यामोड प्रहरी पोष्टलाई जानकारी दिएपछि मोटरसाइकल चालक वासुदेव पन्त र अर्जुन साँउदलाई प्रहरीले पक्राउ गरेको थियो ।
पिडीतको मेडिकल चेकजाँच गरि आफन्तहरुको जिम्मा लगाइएको र घटनाबारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।