तीन वटा कांस्य पदक जितेका पाललाई पुख्यौली वडाले सम्मान गर्ने

0
497

दार्चुला,साउन २५ गते ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्वर ५ डाडाकोटले २ जना खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । डाडाकोटमै जन्मिएर विभिन्न खेल खेल्दै आएका दुई जना खेलाडीहरुलाई पुरुस्कार सहित सम्मान गर्ने वडा अध्यक्ष मदन बहादुर चन्दले बताउनु भयाे । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै वडा अध्यक्ष चन्दले भारतको नयाँ दिल्लीको नोयडास्थित गौतम बुद्ध युनिभर्सिटीमा सम्पन्न भएको भारत्तोलनको जुनियर एसियन च्याम्पियनसीपमा पुर्खाैली घर डाडाकोट भई अहिले महेन्द्रनगर बस्दै आइरहेका हेमन्त पाल र डाडाकोट नै घर भएका जुनियर नेसनल तर्फ त्रिपलजम्पमा दोस्रो स्थान बनाएका हिमानी बोहरालाई नगद सहित वडा कार्यालयको तर्फबाट सम्मान गर्ने तयारी भएको उहाँले बताउनु भएको छ । पत्रकार सम्मेलनमा वडा अध्यक्ष चन्दले वडा कार्यालय व्यवस्थापनमा विनीयोजन गरिएको बजेटबाट दुबै जना खेलाडीलाई सम्मान गरिने बताएका छन् । भर्खरै भारतमा सम्पन्न भएको भारत्तोलनको जुनियर एसियन च्याम्पियनसीपमा तीनवटा काँस्य पदक जितेका हेमन्त पाललाई सम्मान स्वरुप १ लाख रुपैयाँ तथा जुनियर तर्फ त्रिपलजम्पमा दोस्रो स्थान बनाएका हिमानी बोहरालाई सम्मान स्वरुप ५० हजार रुपैँया दिने बताउनु भएको छ ।
पुर्खाैली घर डाडाकोट भएका हेमन्त पाल अहिले महेन्द्रनगरको भीमदत्त नगरपालिका–६ हल्दुखालमा बस्दै आएका छन । १७ वर्षीय पालले ५३ किलोग्राम तौल समूहको भारत्तोलक हुन पुगेका छन । पालले ५३ केजी र क्लिन एण्ड जर्कमा १२० केजी भार उठाएर दुईवटा काँस्य पदक जितेका छन् भने स्न्याच र क्लिन एण्ड जर्क दुबैको जम्मा २१७ केजी भार उठाएर तेस्रो काँस्य पदक जितेका थिए ।
यस्तै हिमानी बोहराले भर्खरै सम्पन्न १३ औं राष्ट्रपति रनिङ सिल्ड जुनियर प्रतियोगितामा सुदुरपश्चिमबाट १३ मिटर लामो त्रिपलजम्प पारे गरेर पथम भएका बोहराले १३ औं राष्ट्रिय स्तरीय प्रतियोगिताको जुनियर तर्फ दोस्रो स्थान प्राप्त गरेका थिए । ३८ वर्षपछि यो पदक दिलाउन सफल भएका हेमन्त पालले जिल्लालाई मात्र होइन देशका लागि समेत गर्व हुने खेल जितेको भन्दै वडा कार्यालयले सम्मान गर्ने कार्यक्रमको आयोजना गरेको वडा कार्यालयले जनाएको छ । आफु पनि खेलाडी भएको भन्दै वडा अध्यक्ष चन्दले खेलाडीहरुको सम्मान गर्न पाउदा खुशी लागेको बताएका छन् ।