मार्मा गाउँपालिकामा लगाइएको आशिंक निषेधाज्ञा हटाईयो

0
859

दार्चुला, भाद्र २६ गते ।

मार्मा गाउँपालिकामा लगाइएको आशिंक निषेधाज्ञा हटाईएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
मार्मा गाउँपालिका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पाइएपछि गाउँपालिकाले गत भाद्र १९ गतेबाट लागु हुनेगरि मार्मा गाउँपालिकाको निश्चित स्थानमा निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गरेको थियो ।
सोहि अनुसार प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले संक्रामक रोग ऐन अनुसार मार्मा गाउँपालिकाको वडा नं २ र ३ को लटिनाथ बजार, विटुले, भैसेबगर, चिउरानी,सिमार सेलविसा र वडा नं १ को पारिबगड, वडा नं ४ को वडा कार्यालय र स्वास्थ चौकी रेला आसपासको क्षेत्र सिल गरेका थिए ।
कोरोना संक्रमित ब्यक्तिको सम्पर्कमा रहेका ब्यक्तिहरुको कोरोना परिक्षण गर्दा नतिजा नेगेटिभ आएकाले मार्मा गाउँपालिकाले निषेधाज्ञा हटाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई विहिबार पत्राचार गरको थियो । सोही अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले आजबाट मार्मा गाउँपालिकामा जारी गरेको निषेधाज्ञा हटाएको जानकारी दिएको छ ।
संक्रमणको अवस्था निर्मुल नभएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ ।
अवज्ञा गरेको खण्डमा संक्रामक रोग ऐन अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।