दार्चुलामा भिरबाट लडेर युवकको मृत्यु

0
902
सांकेतिक तस्बीर

दार्चुला, भाद्र २७ गते ।

नौगाड गाउँपालिका वडानम्बर ६ धुलिगडामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा ३२ वर्षिय दानसिह धामी रहेका छन् । शनिवार विहानै घरबाट घाँस काट्न हिडेका दानसिह धामी दिउँसो सम्म घर नफर्केपछि आफन्तले खोजतसाली गर्दा मृत अवस्थामा फेला परेको स्थानिय प्रकास सिह धामीले बताउनुभयो । मृतक धामीका श्रीमती र ४ जना छोराछोरी रहेका छन् ।