बलशिखरमा रहेको नमस्ते फोन सेवाको क्षमता बढाइयो

0
663

दार्चुला, जेठ ५ गते ।
मालिकार्जुन गाउँपालिकाको बलशिखरमा रहेको नमस्ते फोन सेवा टावरको क्षमता अपग्रेड गरिएको छ ।

मंगलबार टावरको क्षमता दुई सय एमविपिएस बढाइएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो । मंगलबार टावरको क्षमता अपग्रेड गरिएसंगै फोन गर्दा स्पस्ट आवाज नसुनिने, विचमा फोन काटिने, इन्टरनेट कम गतिमा चल्ने लगायतका समस्याहरुमा सुधार भएको छ । मालिकार्जुन गाउँपालिकाको बलशिखरमा रहेको जिल्लाको रिपिटर टावर दत्तुको थाप्लामा सार्ने तयारि भइरहेको छ । बलशिखरमा चट्याङले गर्दा बेला बेला टावरमा क्षति हुने भएकाले रिपिटर टावर थाप्लामा सार्न लागिएको उहाँको भनाई छ । थाप्लामा रिपिटर टावर स्थानान्तरणका लागि भौतीक पुर्वाधारको निर्माण भइरहेको छ । दुई तिन महिना पछि बलशिखरमा रहेको रिपिटर टावर थाप्लामा सार्ने गरि तयारि भइरहेको नेपाट टेलिकम दार्चुलाले जनाएको छ ।