विचबाटोमै अलपत्र पार्ने धम्की दिई भाडा असुलेको पाईएमा कारवाही हुने

583
फाइल फोटोः जिल्ला प्रहरी कार्यालय दार्चुला

दार्चुला, जेठ ५ गते ।
विच बाटोमै अलपत्र पार्ने धम्की दिई कारोना महामारीको बेला भाडा असुलेको विषयमा छानविन हुने भएको छ ।

काठमाण्डौबाट दार्चुला आउने क्रममा ९८१ बस नम्बरका सवारी चालकले काठमाण्डौ देखि दार्चुला सम्मको भाडा विषयमा भएको पुर्व सहमति विपरित विच बाटोमा पुगि बढी भाडा नदिए बाटोमै अलपत्र पारिदिने धम्की दिएको यात्रुहरुले गुनासो गरेका छन् । यात्रुहरुले दार्चुला कोभिड १९ सहयोग तथा समन्वय मञ्चमा निबेदन दिएपछि उक्त विषयमा मञ्चका संयोजक एबं सुदुरपश्चिम कानुन समाजका सचिव अधिबक्ता कृष्ण महराले जिल्ला प्रशासन कार्यालय दार्चुलामा इमेल मार्फत उजुरी दिएका थिए ।
काठमाडौंबाट सोमबार दार्चुला जाने क्रममा भाडावापत चार हजार रुपैया दिईसकेपछी पुनः अत्तरिया पुगेपछि भाडा थप गर्नुस् होइन भने तपाईहरुलाई यतै अलपत्र छोडिदिन्छु भनी अत्तरियामा गाडी चालक र गाडी धनीले दुई तीन घण्टा रोकेर आफुहरु संग थप १५ सय रुपैयाँ लिएको भनेर यात्रुहरुले दार्चुला कोभिड १९ सहयोग तथा समन्वय मञ्चम निबेदन दिएका थिए । सो निवेदनका आधारमा बढी असुलेको भाडा फिर्ता गर्न तथा यात्रुहरुलाई दिएको धम्की तथा मनोबैज्ञानिक त्रास दिएकाले कानुन बमोजिम कारवाहिका लागि समितिले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई इमेल मार्फत निवेदन दिएको समन्वय मञ्चका अध्यक्ष कृष्ण महराले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले उक्त विषको जाँच गरि भाडा बढी असुलेको भए सम्बन्धीत ब्यक्तिलाई नियमानुसार कारवाहि गर्न जिल्ला प्रहरी कार्यालय दार्चुलालाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा पत्र पुगेको र चालक तथा सवारी धनिको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो । ‘चालक तथा सवारी धनि संग बुझेपछि उजुरीकर्तालाई पनि बुझ्छौ, बढी भाडा लिएको पाइएमा आवस्यक कारवाही हुन्छ’ डिएसपी भट्टले भन्नुभयो ।
यस विषयमा गाडी धनि गणेस बहादुर बमं संग सम्र्क गर्दा आफु नगएको र चालक तथा गाडी स्टाफहरुमात्रै गाडीमा रहेको बताएका छन् । ‘५७ जना छौ आउनुहोला भनेर यात्रुहरुले फोन गरेका थिए, यताबाट बस चालकलाई पठाएको थिए, २२ जना मात्रै आएका रहेछन्’ बमंले भन्नुभयो । राती निन्द्रा लागेर चिसापानीमा बस रोकेको भएपनि कुनै धम्की नदिएको चालकले आफुलाई जानकारी दिएको उहाँको भनाई छ । ‘२२ जना संग चार हजारका दरले भाडा लिदाँ मेरो तेलको खर्च पनि नआउने भएकाले १५ सय थप मागेको हुँ, केहि यात्रुले अझै दिएका छैनन्’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !