भिरबाट लडेर दार्चुलामा एकैदिन दुई जनाको मृत्यु

0
570
सांकेतिक तस्बीर

दार्चुला, जेठ ६ गते ।
दार्चुलामा भिरबाट लडेर फरक फरक घटनामा बुधबार दुई जनाको मृत्यु भएको छ ।

महाकाली नगरपालिका वडा नम्बर ८ धौकोटका वर्ष ५६ का बिशन सिंह बिष्ट र दुहु गाउँपालिका वडा नम्बर १ सौतेलीका वर्ष अन्दाजी ४५ का कृष्ण बहादुर बमंको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो । बिष्टको खर्कबाट फर्किने क्रममा धौकोटको राताकाठा भन्ने स्थानमा लडेर मृत्यु भएको हो । खर्कबाट फर्किने क्रममा भीरबाट लडेर करिब दुई सय मिटर तल मृत अवस्थामा फेला परेको डिएसपी भट्टले बताउनुभयो । बमंको घट्टबाट फर्किने क्रममा लडेर ज्यान गएको हो । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली विहिबार घटनास्थलमा गएको छ ।