पिथौरागढ अस्पतालमा डायलासिस सेवा सुरु

0
799

दार्चुला, भाद्र १३ गते । भारतको पिथौरागढ अस्पतालमा डायलासिस सेवा सुरु गरिएको छ । शुक्रबारबाट पिथौरागढ जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु गरिएको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ ।
दुई बर्ष अघि नै पिथौरागढ अस्पतालमा डायलासिस वार्ड स्थापना गरिएको भएपनि हाल सम्म दक्ष चिकित्सकको अभावमा सेवा सुचारु हुन सकेको थिएन । मृगौलाका रोगीहरु महंगो खर्चमा हवद्धानी, बरेली पुगेर डायलासिस गर्ने गरेका थिए । पिथौरागढ अस्पतालले डायलासिस सेवा सुरु गरेपछि टाढा गएर डायलासिस गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।