दार्चुलामा थप दुई जना कोरोना संक्रमित भेटिए

1064

दार्चुला, भाद्र १३ गते । दार्चुलामा थप दुई जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् । महाकाली नगरपालिका वडा नं ८ का दुई जना १९ र २१ बर्षिय पुरुषहरुमा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । शनिबार डडेलधुरा अस्पतालको प्रयोशालामा भएको परिक्षणमा उनिहरुमा कोरोना पुष्टी भएको हो । कोरोना पुष्टी भएका दुबै जना क्वारेन्टाइनमा रहेको र कोरोनाको कुनै लक्षण नभएको कार्कीको भनाई छ । दुबै जना भारतबाट आएको बुझिएको छ । कोरोना संक्रमितहरुमा लक्षण नदेखिएपछि सोहि क्षेत्रमा ब्यवस्थापन गरिएको आइसोलेसनमा राखीने उहाँले बताउनुभयो । यो सगै दार्चुलामा संक्रिय कोरोना संक्रमितको संख्या तिन पुगेको छ । गत भाद्र ७ गते मालिकार्जुन गाउँपालिका वडा नं ५ का एक जनामा कोरोना पुष्टी भएको थियो । उनि हाल आइसोलेसनमा रहेका छन् । दार्चुला जिल्लामा कुल कोरोना संक्रमितको संख्या ५० पुगेको छ । बाकि ४७ जना कोरोना जितेर घर फर्किएको  स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !