धार्चुलामा रहेका नेपाली मजदुर स्वस्थ्य

0
1152

विरा दत्त भट्ट, दार्चुला ।

भारतको धार्चुला नगरपालिकाले क्वोरन्टाइनमा राखीएका नेपाली मजदुरहरुको स्वास्थ्य परिक्षण गरेको छ । धार्चुलाका विभिन्न ६ स्थानका क्वारेन्टाइनमा राखीएका झण्डै एक हजार ६ जना नेपाली मजुदुरहरुको स्थास्थ्य परिक्षण गर्दा सबै स्वस्थ्य पाइएका छन् ।
आइतबार डा. एमके जयसवालको टोलीले जौलजीवि, बलुवाकोट, फायस स्टेशन निगलपानी, ब्रह्म र मिनि स्टेडियम धारचुलामा रहेका नेपाली नागरिकहरुको स्वास्थ्य परिक्षण गरेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ । नेपाली मजदुरहरु सबै स्वस्थ्य पाइएपछि स्थानिय अधिकारी र नागरिकहरु खुसी भएका छन् ।
धार्चुलाका एसडिएम अनिल कुमार शुक्लाले नेपाली मजदुरहरुलाई योग गर्न र सामाजिक दुरी राख्न आग्रह गरेका छन् । नेपाली मजदुरहरुले आपतको समयमा नेपाल सरकारले मदत नगरेको बारे एसडीएम शुक्ला संग गुनासो गरेका छन् ।