नेपालसंग सिमानाका बन्द हुदा धार्चुलाको ब्यापारमा ५० प्रतिशतले कमि

0
1206

विरा दत्त भट्ट, दार्चुला

कोरोनाको प्रभावले नेपाल र भारत संग जोडीएका सिमा बन्द भएका छन् । सिमानाका बन्द भएका कारण भारतको सिमावर्ती बजार धार्चुलामा ब्यापारमा ५० प्रतिशत असर परेको छ ।
धार्चुला बजारमा सबै नेपालीहरुले किनमेल गर्ने गरेका थिए । तर हाल लकडाउनले नेपालीहरु भारतीय बजारमा पुग्न नसक्दा धार्चुलाको ब्यापारमा ५० प्रतिशतले कमी आएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
धार्चुलामा सब्जी, खाद्यान्न लगगायतका अत्यावस्यक पसलहरु विहान ७ बजे देखि दिउसो १ बजे सम्म खुला राख्न प्रशासनले अनुमती दिएको भएपछि ग्राहकहरु नहुदाँ अधिकाशं ब्यापारीहरुले विहान ११ बजे भन्दा अगाढि नै पसल बन्द गर्ने गरेका छन् ।
धार्चुलाका एक जना सब्जी ब्यापारी जिवन कुटियालले पहिलेको समयमा एक हप्तामा ३ गाडीमा २ सय ८० क्विनटल सब्जीको आपुर्ती हुने भएपनि हाल १ सय ५० क्विनटलले एक हप्ता सम्म पुगीरहेको बताएका छन् ।
नेपालीहरु नै भारतीय बजार धार्चुलाका ग्राहाक भएकाले हाल नेपाल संगको सिमा बन्द हुदा ब्यापारमा ५० प्रतिशतले कमी आएको एक जना ब्यापारी विनोद अर्गवालले बताएका छन् ।