धार्चुलाका विधायक हरीष धामी विरुद्ध प्रहरीमा उजुरी

0
890

दार्चुला, असार २३ गते ।
बर्षादमा बन्द रहेको सडक खोलिएको विषयमा भएको विवादले भारतको धारचुलाका विधायक हरीष धामी विरुद्ध प्रहरीमा उजुरी परेको छ ।
पहिरोका कारण अवरुद्ध भएको मुनस्यारी–जौलजिवि सडक खोल्नका लागी विधायक धामी शनिबार आफ्नो जेसीबी लगेर सडक खोल्न गएपछि सडक विभागका अधिकारीहरुले विवाद गरेका थिए ।
दुबै पक्षमा विवाद भएपछि मुनस्यारी प्रहरी थानामा दुबै पक्षले एक अर्काको विरुद्ध उजुरी दर्ता गरेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
सडक विभागको कार्यप्रणालीबारे स्थानियहरुले आक्रोस ब्यक्त गरेका छन् ।
मुनस्यारी–जौलजिवी सडक खण्ड शुक्रबार बेलुकी ६ बजे फगुवा बगडको नजिक पहिरोका कारण अवरुद्ध भएको थियो । सडक विभागले अवरुद्ध भएको सडक शनिबार अपराहन्न सम्म पनि खोल्न प्रयास गरिरहेको थिए । सडक बन्द भएपछि सवारीसाधनहरु बाटोमै अलपत्र परेका थिए ।
अलपत्र परेका नागरिकहरुले धारचुलाका विधायक हरिष धामीलाई फोनगरेपछि धामी आफ्ना २ जेसीबी सहित सडक खुलाउन पुगेका थिए । तर विधायक धामीलाई सडक खुलाउन सडक विभागका कर्मचारीहरुले रोकेका थिए ।
सडक विभागले सोमबार सडक खोल्न सकिने जानकारी दिएपछि विधायक धामीले शनिबार बेलुका नै सडक खोलेका थिए ।
सडक विभागको अनुमति विना सडक खुलाएको भन्दै सडक विभागका कर्मचारीहरुले विधायक धामी विरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
साथै विधायक धामी पक्षले पनि सडक विभागका अधिकारीहरुले गाली गलौच गरेको भन्दै विआरओका अधिकारी हिमांशु चन्द्राका विरुद्ध मुद्धा दर्ता गराएको मुनस्यारी थानाप्रमुख आसिफ खानले जानकारी दिएका छन् ।