धनगढीबाट दार्चुलाको मकरीगाडका लागि छुटेको जीप बैतडीमा दुर्घटना

0
411

दार्चुला,असाेज २८ गते ।

बैतडीको पाटन नगरपालिका–६ हिरापूर नजिक मोडमा जीप दुर्घटना भएको छ । धनगढीबाट दार्चुलाको मकरीगाडका लागि हिडेको म १ ज ३६० नम्बरको जीप बिहान साढे ५ बजे दुर्घटनामा परेकाे हो ।
जीपमा सवार ४ जना यात्रुहरुलाई सामान्य चोटपटक लागेको छ । अपिहिमाल गाउँपालिका दार्चुलाका पुर्व उपाध्यक्ष उर्मिला बोहरा, उनका श्रीमान करबिरसिंह बोहरा अन्य २ यात्रुहरु सामान्य घाइते भएकाछन् । यसैगरी शिक्षक ज्ञानेन्द्रसिंह कार्की र उनकै श्रीमतीलाई टाउकोमा चोट लागेको छ ।
जीप ७ जना यात्रु बोकेर हिजो साझँ धनगढीबाट हिडेकाे थियो । सडक पेटीमा रोकिएका कारण दुर्घटनामा मानवीय क्षति हुनबाट जाेगिएकाे प्रहरीले जनाएको छ ।