इजरायल आक्रमणमा परि मृत्यु भएका ४ विद्यार्थीको शव आइतबार नेपाल आइपुग्ने

0
333

दार्चुला,कार्तिक ०३ गते ।
प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परि मृत्यु भएका चार नेपालीको शव आइतबार नेपाल ल्याइपुर्‍याइने भएको छ ।
इजरायलस्थित नेपाली दूतावासले शव स्थानीय समयअनुसार भोलि दिउँसो १ बजेर २५ मिनेटमा फ्लाई दुबईको उडानबाट नेपाल पठाउन लागिएको जनाएको हो ।
इजरायलस्थित नेपाली दूतावासले प्राप्त भएका ४ जनाको शवलाई इजरायली परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सहभागितामा श्रद्धाञ्जाली अर्पण गरेको थियो ।
राजदूतावासका अनुसार दार्चुलाकाे मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथका लाेकेन्द्र सिंह धामी,लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचाैपाताका दीपेशराज विष्ट,कैलाली घाेडाघाेडी ४ का नारायणप्रसाद न्यौपाने र कैलालीकाे जाेशीपुरका आशिष चौधरीको शव फ्लाई दुबईको विमानबाट नेपाल पठाइन लागिएको हो ।
हमासको आक्रमणमा मारिएका अन्य ६ जना नेपालीको शव परीक्षणमा थप समय लाग्ने दूतावासले जनाएको छ । केही शवको पहिचान गर्न डीएनए परीक्षण गर्नुपर्ने भएकोले ढिलाइ भईरहेकाे बताएको छ ।