दुई किलो भन्दा बढी चरेसका सहित दुई जना पक्राउ

0
1012

दार्चुला, माघ २९ गते ।
भारतको पिथौरागढमा ढाई किलो चरेस सहित दुई जना पक्राउ परेका छन् ।  बेडिनाग प्रहरीले २ किलो ६ सय ३१ ग्राम सहित दुई जनालाई मंगलबार पक्राउ गरेको पिथौरागढ प्रहरीले जनाएको छ ।

बेडीनागका थानाध्यक्ष सुसिल जोशीको नेतृत्वमा चौकोडी–कोटमन्याको विच भटिना मोडमा भइरहेको चेकिङमा दुई जना चरेस सहित पक्राउ परेका हुन् । बागेश्वर बाछम गाउँका पुस्कर सिह र अल्मोडाका पुस्कर सिहलाई चरेस सहित पक्राउ गरिएको पिथौरागढ प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजनालाई एनडिपीसिको धारा ८ र २० अनुसार मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ गर्ने टिममा रहेका एसआई मनोज सिह धोनि र हवल्द्धार संजिव यादव तथा कैलाश मुरारीलाई पुरस्कृत गरिने पिथौरागढ प्रहरीले जनाएको छ ।