दार्चुला बहुमुखी क्याम्पसमा नविनतम् कम्प्युटर कक्ष उद्धघाटन

0
914

दार्चुला, पुस २६ गते ।
सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको आंगीक क्याम्पस दार्चुला बहुमुखी क्याम्पस दार्चुलामा नविनतम् कम्प्युटर कक्षको उद्धघाटन गरिएको छ । आज एक कार्यक्रमका विच नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेस सिह ठगुन्नाले क्याम्पसमा नविनतम् कम्प्युटर कक्षको उद्धघाटन गर्नुभएको हो । विश्वविद्यालय अनुदान आयोगको २० लाख बजेटमा स्थापना गरिएको नविनतम् कम्प्युटर कक्षको उद्धघाटन गरिएको दार्चुला बहुमुखी क्याम्पस दार्चुलाका क्याम्पस प्रमुख कृष्ण सिह साउदले जानकारी दिनुभयो । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा सुधार कार्यक्रम अन्र्तगत क्याम्पसमा २४ वटा नयाँ कम्प्युटर, स्मार्ट बोर्ड, मल्टीमिडीया तथा रिसर्च टेबल आदीको स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । स्मार्ट बोर्डको प्रयोगले ह्वाईटबोर्ड तथा मार्करको प्रयोग विना अत्याधुनीक स्मार्ट बोर्ड र मल्टीमिडीयाको माध्यमले कक्षाहरु सञ्चालन गर्न सहज हुनेछ । साथै नविनतम् कक्षको स्थापनाले इन्टरनेटमा आधारित खोजमुलक कक्षाहरु सञ्चालन, सूचनाको आयात, भण्डारण तथा अत्याधुनीक तरिकाले गोष्ठी, सेमीनार, अभिमुखीकरण तथा शिक्षण कार्यका लागि सहज भएको क्याम्पस प्रमुख साउदले जानकारी दिनुभयो । सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा नै नभएको अत्याधुनिक प्रविधि दार्चुला बहुमुखी क्याम्पसमा भित्रीएपछि प्रभावकारी शिक्षण क्रियाकलापहरु हुने अपेक्षा गरिएको छ । पहिलो पटक नेपाल सरकारको मन्त्री भएपछि दार्चुला आइपुगेका ठगुन्नालाई क्याम्पसले खादा ओढाई सम्मान गर्नुका साथै बधाई ज्ञापन गरेको छ ।