पिथौरागढमा कोरोना भ्याक्सीन लगाउन छ वटा केन्द्र निर्धारण

0
768

दार्चुला, पुस २४ गते ।
भारतको पिथौरागढमा कोरोना खोप वितरणका लागि छ वटा खोप केन्द्रहरु निर्धारण गरिएको छ । माघ महिना पछि भारतभरि कोरोना खोप वितरण सुरु हुने सम्भावना रहेकाले पिथौरागढ जिल्लामा पनि कोरोना खोप वितरणका लागि तिब्र तयारी गर्न लागिएको भारतीय पत्रिका अमर उजालले समाचार लेखेको छ । पिथौरागढ जिल्लामा गंगोलीहाट, बेडीनाग, डीडीहाट, मुनस्यारी, पिथौरागढ र धार्चुला गरि छ वटा कोरोना खोप जोन निर्धारण गरिएको पिथौरागढ जिल्ला अधिकारी विजय कुमार जोगदण्डेले जानकारी दिएका छन् । जिल्ला स्तरमा तथ्याङ्क संलकन तथा रिर्पाेटीङका लागि डा. पंकज जोशी र सिएओ अमरेन्द्र चौधरीलाई नोडेल अधिकारी बनाइएको छ । गंगोलीहाट, बेडीनाग, डीडीहाट, मुनस्यारी, पिथौरागढ र धार्चुलाका लागि सम्बन्धीत एसडीएमहरुलाई जोनल र बिडिओ लाई साहयक जोनल तोकीएको छ । कोरोना खोप वितरणका बेला जोनल र साहयक जोनलले सिएमओलाई रिर्पाेटीङ गर्नेछन् ।

पिथौरागढका १० स्थानमा नमुना कोरोना खोप लगाउने अभ्यास

कोरोना खोप वितरणका लागि शुक्रबार पिथौरागढ जिल्लाका १० स्थानमा खोप लगाउने नमुना अभ्यास गरिएको छ । कोरोना खोप उपलब्ध भएमा भण्डारण गर्ने , खोप लगाउने बेला हुने भीड, सुरच्छीत दुरी तथा सुरच्छीत तरिकाले खोप कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले नमुना अभ्यास गरिएको हो । विण, मुनाकोट, गंगोलीहाट, बेडीनाग, कनालीछिना, डीडीहाट, मुनस्यारी, पिथौरागढ, धार्चुला र पिथौरागढ महिला अस्पताल गरि दश वटा खोप बुथहरुमा २५/२५ जनामा कोरोना खोप लगाउने प्रक्रियाको अभ्यास गरिएको भारतीय पत्रिका अमर उजालले जनाएको छ । आज विहान १० बजे देखी तीन बजे सम्म ६० स्वास्थयकर्मीहरुले दश वटै खोप बुथहरुमा २ सय ५० जनामा खोप लगाउने नमुना अभ्यास गरेका छन् ।

पहिलो चरणमा कोरोना खोप लगाउन ६२८० स्वास्थ्यकर्मी छनोट

कोरोना खोप उपलब्ध भएपछि पिथौरागढमा पहिलो चरणमा खोप लगाउनका लागि ६ हजार २ सय ८० जना स्वास्थ्यकर्मीहरु छनोट गरिएका छन् । पिथौरागढका सिएमओ डा. एचसी पन्तका अनुसार कोरोना खोप सुरच्छीत राख्नका लागि जिल्लामा दुईवटा कोल्ड चेनहरु स्थापना गरिएको छ । दुई वटा कोल्ड चेनहरु १० हजार लिटर सम्मको भण्डारण गर्ने क्षमताको रहेको बताइएको छ । कोरोना खोप केन्द्रहरुमा खोप लगाउनका लागि तीन कक्षहरुको ब्यवस्थापन गरिएको छ । प्रतिक्षा कक्षमा खोप लगाउने ब्यक्तिको परिचय, दोस्रोमा खोप लगाउने कक्ष तथा तेस्रोमा खोप लगाउने ब्यक्तिको आधा घण्टा सम्म निगरानीका लागि विश्राम गराइने छ ।
हास सम्म भारतको पिथौराग जिल्लामा कुल ७० हजार १ सय ८९ जनाको कोरोना परिक्षण भएकोमा ३ हजार ७१ जनामा कोरोना पुष्टी भएको छ । जसमध्ये २ हजार ८ सय ९९ जनाले कोरोना जितेका छन् भने ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पिथौरागढमा हाल १ सय २५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।