दार्चुलामा थप ३ जनामा आरडीटी पोजेटिभ

0
796

कालापानी न्युज, दार्चुला ।

दार्चुलामा आज थप ३ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ ।
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरीमा ७६ जनामा गरिएको परिक्षणमा २ जनाको र लेकम गाउँपालिकामा ८ जनाको परिक्षण गर्दा एक जनामा पोजेटीभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
शुक्रबार र शनिबार मात्रै दार्चुलाको मालिकार्जुन गाउँपालिकामा २ जनामा, शैल्यशिखर नगरपालिकामा ११ जनामा र लेकम गाउँपालिकामा १ जनाको आरडीटी रिर्पाेट पोजेटीभ देखिएको थियो । यो संगै दार्चुलामा ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिले १७ जनामा कोरोना एन्टीबडी पोजेटिभ देखाएको छ ।