भारतबाट आएका नेपाली भन्छन्ः कमाएको पैसा टिकटमै सिद्धियो सरकारले राहतको ब्यवस्था गरोस्

0
1214

बिरा दत्त भट्ट, दार्चुला ।

भारतका विभिन्न सहरहरुमा रोजगारी गर्ने नेपालीहरु कोरोना प्रभावले रोजगारी गुमाएर नेपाल फर्किएका छन् । कोरोना प्रभावले रोगजारी गुमाएर नेपाल आउदा दुख गरेर कमाएका सबैे पैसा घर आउदा टिकटमै खर्च भएका गुनासो गरेका छन् । भारतको दिल्लीमा रोगजारी गरिरहेका महाकाली नगरपालिका वडा नं ३ का धन्नजय विष्टले दिल्लीबाट दार्चुला पुग्दा सम्म ८० हजार यातायातमा मात्रै खर्च भएको बताएका छन् ।
रोजगारी गुमेपछी दिल्ली बाट गौरीफन्टा नाका हुदै खलंगा पुग्दा सम्म ८० हजार गाडीभाडा लागेको उनको भनाई छ ।
दार्चुलाका अन्य स्थानियतहहरुका सरकारहरुले आफ्ना नागरिकहरु दार्चुला ल्याउनलाई नाका सम्म गाडीहरु पुगाएको भएपनि महाकाली नगरपालिकाले आफ्ना नागरिकहरु कसरी आइरहेका छन्, कति दुखमा छन् भन्ने विषयमा वास्ता नगरेको उहाँको गुनासो छ ।
नेपालमा बेरोगार भएर केहि पैसा कमाउन भारत गएको भएपनि नेपाल फर्किदा ऋण मागेको पैसा टिकटमै सिद्धिएकाले सरकारले राहत उपलब्ध गराउनुपर्ने उनको माग छ ।
भारतको गोवामा कामका लागी पुगेका महाकाली नगरपालिका ९ दत्तुका नरेन्द्र साउदको पनि कथा त्यस्तै छ ।
भारतबाट आएर सदरमुकाम स्थित एसियन ऐकीडमीको क्वारेन्टाइनमा बसिरहेका उनि कमाएको सबै पैसा भाडामा सिद्धिएर चिउरा, चाउचाउ खाएर यता पुगेको बताउँछन् ।
महाकाली नगरपलिकाले क्वारेन्टाइनमा खानाको राम्रो ब्यवस्था गरेको भएपनि आवस्यक स्वास्थ्य परिक्षण हुन नसकेको क्वारेन्टाइनमा बस्नेहरुको गुनासो छ ।
१४ दिनहरु भन्दा बढि भएपनि धनगढीमा पिसिआर परिक्षण गर्न ढिलाई भइरहेकाले आफुहरुले विश्व स्वाथ्य संगठनले तोकेको मापदण्ड भन्दा बढि दिन क्वारेन्टाइनमा बस्नु परिरहेको महाकाली नगरपालिका २ का दिलिप महराको गुनासो छ ।