दार्चुलामा चरेस सहित एक जना पक्राउ

0
490

दार्चुला,पुष १२ गते ।
दार्चुलाको महाकाली नगरपालिका वडा नम्वर ४ बंगाबगडस्थित एक किराना पसलबाट लागूऔषध चरेस सहित एक जना पक्राउ परेका छन् । मंगलबार बंगाबगडस्थित महादेव किराना पसलबाट ३ किलो ८ सय ग्राम चरेस जस्तो पदार्थ सहित किराना पसलका सञ्चालक विर सिह लोथ्याल पक्राउ परेका हुन् । विशेष सुचनाको आधारमा प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा महादेव किराना पसलबाट ३ किलो ८ सय ग्राम चरेस जस्तो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुला सुचना अधिकारी गोविन्द प्रसाद भण्डारीले जानकारी दिनुभयो । चरेस जस्तो पदार्थ बरामद संगै प्रहरीले किराना पसलका संञ्चालक विर सिह लोथ्याललाई नियन्त्रणमा लिएको छ । यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।