दार्चुलामा हेलिकप्टरमार्फत घाइते महिलाको उद्धार

0
369

दार्चुला,पुष ११ गते ।
घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकी मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोटकी ३४ बर्षिया जस्मा लोहारलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । आईतबार साँझ गाउँ नजीकै रहेको दुनि भिरमा घाँस काट्ने क्रममा लडेरको र उपचारको लागि मालिकार्जुन गाउँपालिकाको एम्बुलेन्स मार्फत जिल्ला अस्पताल दार्चुला ल्याएका थिए । नजीकै स्वास्थ्य चौकी रहेपनि सो ठाँउमा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो । उनको टाउकोमा गहिरो चोट रहेकाले जिल्ला अस्पतालमा पनि उपचार सम्भव नभए पछि नेपाली सेनाको एन ०६१ नम्वर कल साइनको हेलिकोप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सुचना अधिकारी हिमन्ती साउदले जानकारी दिनु भयो । मालिकार्जुन गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष मदन चन्द,मालिकार्जुन गाउँपालिका र जिल्ला प्रशासन कार्यालय दार्चुलाको पहलमा हवाई उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सुचना अधिकारी साउँदले जानकारी दिनुभयो । जिल्ला अस्पताल सम्म पुग्न समेत दुई तिन घण्टा समय लाग्ने र सुविधा सम्पन्न अस्पताल वा स्वास्थ्य चौकी नभएकोले धेरै जस्तो स्थानीयले अकालमा ज्यान गुमाउनु परेको छ । घाईत लोहारको अहिले नेपालगंजमा रहेको मेडीकल कलेजमा उपचार भैरहेको छ ।