त्रिदेशीय सिमा क्षेत्र ब्याँस गाउँपालिकालाई विषेश ध्यान दिन गृह मन्त्रीलाई ज्ञापन पत्र

0
310

दार्चुला,पुष १३ गते ।
दार्चुलाको त्रिदेशीय सिमा क्षेत्रमा रहेको ब्याँस गाउँपालिकालाई विषेश ध्यान दिन गृह मन्त्री रवि लामेछानेलाई ज्ञापन पत्र बुझाएका छन् । ब्याँस गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष एवम् गाउँपालिका प्रबक्ता उपेन्द्र सिंह धामी नेतृत्वको टोलीले बुधबार गृह मन्त्री रवि लामेछानेलाई भेटेर बधाई तथा शुभकामना दिँदै ज्ञापन पत्र बुझाएका हुन् । सिमा क्षेत्र लगायत ब्याँस गाउँपालिकामा बसोबास गर्ने आम नागरीकले सरकार भएको अनुभुति हुने गरी सुरक्षा र आम विकास निर्माण कार्यहरु गर्न गृह मन्त्रालयको महत्वपुर्ण भुमिका रहि रहनेछ । वर्षातको समयमा धेरै ठुलो बाढी पहिरो भुक्षय हुने भएको हुदा ब्याँस गाउँपालिकालाई पहिलो प्राथमिकतामा राखि काम र सहकार्य गरिदिनु हुने छ भन्ने आसा गदछौँ ज्ञापन पत्रमा भनिएको छ । भारतको कब्जामा रहेको नेपाली भुमि कालापानी,लिपुलेक लिम्पियाधुरा सहितको भु–भाग ब्याँस गाउँपालिका भित्र पर्ने भएको हुदा उक्त सिमा र सो ठाउँमा बसोबास गर्ने आम नागरिकहरुलाई सरकारको नजिकबाट अनुभुति हुने गरी काम र कार्यक्रम सञ्चालन गर्नमा मुख्य ध्यान जानेमा आसावादी रहेको ब्याँस गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष एवम् गाउँपालिका प्रबक्ता उपेन्द्र सिंह धामीले जानकारी दिनु भयो । ज्ञापन पत्र बुझदै गृहमन्त्री रवि लामेछानेले महाकाली नदिमा भारतले एक तर्फी रुपमा तटबन्ध निर्माणको कामलाई आफुले पहिले पनि थाहा पाएको र अब दुबै देशको सहकार्यमा संचालन गर्नको लागि पहल गर्ने बताएका छन् । यस्तै गृहमन्त्री लामेछानेले दार्चुला जिल्लाको सिमा क्षेत्र आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ । नेपाल भारत सिमा क्षेत्र दार्चुलाको खलगामा पहिले पनि आफु पुगेको र दुबै देशका परराष्ट्रमन्त्री मार्फत समस्या समाधान गरिने प्रतिबद्धता जनाएको गाउँपालिकाका प्रबक्ता उपेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।