व्याँसको छाङरूमा फोन सेवा अबरुद्ध

0
335

दार्चुला,पुष १५ गते ।
दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङरूको ज्याक्तिमा रहेको टेलिकम टावर अवरुद्ध भएको छ । विहीबार दिउँसो टावर नजिकको जङगलमा आगलागी हुदाँ टावरको लिंक सिस्टमअन्तर्गत सौर्य प्रणालीमा जडान गरेका तारहरु जल्दा फोन सेवा अबरुद्ध भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण वहादुर गुरूङले जानकारी दिनुभयो । आगलागी हुदा सोलार सिस्टममा जडान गरिएका तारहरु जलेर नष्ट भएको व्याँस गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोक सिंह बोहराले बताउनुभयो । छाङरू गाउँबाट टावर रहेको ज्याक्ति क्षेत्र सम्म पुग्न पैदल ३ घण्टा लाग्ने गर्दछ । टावर नजिकै रहेको जङ्गलमा आगलागी भएको जानकारी प्राप्त हुनासाथ छाङरूमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा गई आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुला सुचना अधिकारी जगत गहा मगरले जनकारी दिनुभयो । आगलागीबाट टावरमा जडान गरिएका तारहरु जलेको र टावर अबरुद्ध रहेको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने बारे एकिन हुन सकेको छैन ।