दार्चुलामा करोडका मन्दिरहरु निर्माण हुँदै

0
1327

बिरा दत्त भट्ट
दार्चुला, पुस २ गते । प्रदेश तथा स्थानिय सरकारहरुले मन्दिर निर्माणमा लाखौको बजेट छुट्याइरहेका बेला दार्चुलामा पुर्वाधार विकास कार्यक्रममा समेत मन्दिर निर्माणमा बजेट छुट्याइएको छ । जनताको उचित गास, बास तथा कपासको समेत राम्रो ब्यवस्थापन नभएका बेला मन्दिर निर्माणमा लाखौको बजेट छुट्याइने भन्दै आलोचना समेत हुने गरेको छ । चालु आर्थिक बर्षमा सञ्चालन हुने संघ र प्रदेशका सांसदहरुको पुर्वाधार विकास कार्यक्रममा जिल्ला भरि ९ वटा मन्दिरका योजनाहरुमा ८३ लाख बजेट छुट्याइएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र क को पुर्वाधार विकास कार्यक्रम अन्र्तगत मन्दिर निर्माणमा ६ वटा योजनाहरुमा ४५ लाख बजेट छुट्याइएकोे छ । जसअन्र्तगत हुस्कर मन्दिर मर्मत दुहु गाउँपालिका वडा नं १ मा ५ लाख, कैलवीर हुस्कर मन्दिर निर्माण दुहु गाउँपालिका वडा नं ४ मा १० लाख, मालिकार्जुन मन्दिर जिर्णाेदार कार्य महाकाली नगरपालिका वडा नं ४ मा १० लाख, गल्लाकेदार मन्दिर निर्माण लेकम गाउँपालिका ४ पातीमा ५ लाख, लटिनाथ मिन्दर खर्क भण्डारी घर निर्माण लेकम गाउँपालिका वडा नं ५ मा ५ लाख, देबीस्थान मन्दिर निर्माण महाकाली नगरपालिका वडा नं ५ मा १० लाख बजेट छुट्याइएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र नं ख को पुर्वाधार विकास कार्यक्रममा भने मन्दिर निर्माणको एउटा मात्रै योजना रहेको छ । लाटामाण्डौ मन्दिर निर्माण नौगाड गाउँपालिका वडा नं ३ खारमा १० लाख बजेट छुट्याइएको छ ।
साथै संघको पुर्वाधार विकास कार्यक्रम अन्र्तगत पनि दुई वटा मन्दिर सम्बन्धी योजना रहेका छन् । दुई वटा मन्दिर निर्माणका योजनाहरुमा २८ लाख बजेट छुट्याइएको छ । जसमध्ये देबी मन्दिर किम्तडी महाकाली नगरपालिका वडा नं ५ मा ८ लाख, विभिन्न मठ मन्दिर सम्बद्र्धन लेकम गाउँपालिकामा २० लाख छुट्याइएको छ ।
सुदुरपश्चिम प्रदेश सरकारले मात्रै चालु आर्थिक बर्षमा दार्चुलामा आठ वटा मन्दिर निर्माण सम्बन्धी योजनाहरुमा ४० लाख बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारबाट समेत लाखौका मन्दिर निर्माणका योजनाहरु निर्माण भइरहेका बेला स्थानिय सरकारहरुले समेत मन्दिर निर्माणमा बजेट विनियोजन गरेका छन् भने पुर्वाधार विकास कार्यक्रमले समेत मन्दिर निर्माणमा प्रदेशको भन्दा बढी बजेट छुट्याएको छ । यसरी सांसद विकास कोष अर्थात स्थानिय पुर्वाधार विकास कार्यक्रम , प्रदेशका योजना तथा स्थानिय सरकारका योजनाहरु गरि जिल्लामा करोडका मन्दिरहरु निर्माण भइरहेका छन् । विगतमा भक्तजनहरुले दिएको दानबाटै मन्दिर निर्माण गरिने भएपनि पल्लिो समय सरकारी तहबाट समेत पर्यटन प्रबद्र्धन गर्ने नाममा करोडौ रकम मन्दिर निर्माणमा खर्च हुने गरेको छ ।

यो पनि पढ्नुहोसः आठ वटा मन्दिर निर्माणका योजनामा ४० लाख बजेट