एक घण्टा खुलेको सीमा पुलमा ६ सय भन्दा बढीलेआवत जावत गरे

0
848
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, पुस १ गते ।
बुधबार दिउसो एक घण्टा खोलीएको नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित सीमापुलमा झण्डै ६ सय ३७ जनाले आवत जावत गरेका छन् । ब्यास गाउँपालिका वडा नं १ निवासी हाल दार्चुला सदरमुकाम बस्दै आएका ओम प्रकाश तिंकरीका ठुलाआमा मन्दोदरी गरब्यालको भारतको धार्चुलामा मृत्यु भएका कारण अन्तीम संस्कारमा सहभागि हुनका लागि सीमापुल खोलिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी पुस्कर ऐरीले जानकारी दिनुभयो । सीमा पुल खुलेको अवस्थामा भारतीय बजारमा किनमेल गर्न जाने ३ सय ६७ जना पुरुष र २ सय ८० जना महिलाहरुले आवत जावत गरेको प्रहरी निरक्षक एरीले जानकारी दिनुभएको छ । नेपाल र भारतका ब्यापारीहरुले सीमापुल आजबाट खुल्नुपर्ने माग राखेपनि सीमापुल खोल्ने विषयमा प्रशासन वा सरकारले कुनै औपचारीक निर्णय गरको छैन ।