दार्चुलामा बृद्धाले गरिन् आत्महत्या

0
1024

दार्चुला, पुस ३ गते ।  दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक जना बृद्धाले आत्महत्या गरेकी छिन् । नगरपालिकाको वडा नं ६ खेडा बस्ने जय सिह धामीकी श्रीमती ६० बर्षिय टिङ्का देबि धामी झुण्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक पुस्कर ऐरीले जानकारी दिनुभयो । विहिबार साझँ ६ बजे घरबाट ५सय मिटर टाढा खेतको रुखमा झुण्डीएको अवस्थामा फेला परेको उहाँले जानकारी दिनुभयो । मृतकको गोकुलेश्वर अस्पतालमा पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।