पुर्व मन्त्री बडु कार्यकर्ता भेटघाटमा ब्यस्त

0
757

बिरा दत्त भट्ट,

दार्चुला, पुस १४ गते । नेपाली काङग्रेसका केन्द्रिय सदस्य एबं पुर्व मन्त्री दिलेन्द्र प्रसाद बडु कार्यकर्ता भेटघाटमा ब्यस्त रहेका छन् । सोमबार मार्मा क्षेत्रमा कार्यकर्ता भेटघाट गरि बडु मंगलबार ग्वानी पुगेका छन् । मन्त्री बडु नेपाल सरकारले  प्रतिनिधिसभा विघटन गरेको बिरोध प्रदर्शन कार्यक्रमका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा पुगिरहेका छन् । नेपाली काङग्रेसले मंगलबार ग्वानीमा आयोजना गरेको बिरोध प्रदर्शन कार्यक्रममा नेकपा परित्याग गरि १३ जनाले नेपाली काङग्रेसमा प्रबेश गरेका छन् । शैल्यशिखर नगरपालिका वडा नं ५ वडा समितिका सभापती बलदेब सिह डागाको सभापतीत्वमा गरिएको कार्यक्रममा पुर्व मन्त्री एबं नेपाली काङग्रेसका केन्द्रिय सदस्य दिलेन्द्र प्रसाद बडु प्रमुख अतिथि रहनुभएको थियो भने नेपाली काङग्रेसका दार्चुला जिल्ला सभापती ललित सिह बोहरा विशिष्ट अतिथि रहनुभएको थियो । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा परित्याग गरि नेपाली काङग्रेस प्रबेश गर्नेहरुमा अर्जुन सिह साउद, गजेन्द्र सिह धामी, करन सिह ऐरी, गणेष सिह ऐरी, करन सिह साउद, केशब सिह रावल, दान सिह डागा, मदन सिह खडायत, दल बहादुर थापा, विश्राम सिह साउद, लाल बहादुर विष्ट, अनिता डागा र विर सिह ऐरी रहेको नेपाली काङग्रेस जिल्ला सभापति ललित सिह बोहराले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै पुर्व मन्त्री एबं नेपाली काङग्रेसका केन्द्रिय सदस्य दिलेन्द्र प्रसाद बडुले केपी ओलीले जनमतको अपमान गरेको बताउनुभएको छ । जनमतको अपमान गर्दै संसद विगठन गरेर नेकपा कुन मुखले चुनावमा जनता संग भोट माग्न जान्छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला उपसभापति ललित सिह ठगुन्नाले कम्युनिष्टहरु आफु मात्रै कमाउने र देशलाई कंगाल बनाउने प्रबृतीका रहेको बताउनुभएको छ । त्यसैगरि कार्यक्रममा बोल्दै शैल्यशिखर नगरपालिकाका प्रमुख अमर सिह धामीले विगठीत प्रतिनिधी सभा सांसद गणेष सिह ठगुन्नालाई मन्त्री दिनु दार्चुलेली जनताको आखामा छारो हाल्ने काम भएको बताउनुभएको छ । हाल ठगुन्नालाई मन्त्री दिनु पिपल संग मानिसको विहे गरे जस्तै भएको उहाँले टिप्पणी गर्नुभएको छ । कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली काङग्रेस दार्चुलाका महासमिति सदस्य विक्रम सिह धामी, जिल्ला समन्वय समिति प्रमुख करबिर सिह कार्की, जिल्ला सचिव हरक सिह विष्ट, जिल्ला कार्यसमिति सदस्य मदन गिरी, जगदिश पाल, महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्ट, दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, ब्यास गाउँपालिकाका अध्यक्ष दिलिप सिह बुढाथोकी लगायत नेपाली काङग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । सोमबार मार्मा क्षेत्रमा कार्यकर्ता भेटघाट गरेका पुर्व मन्त्री बडु मंगलबार शैल्यशिखर पुगेका थिए भने भोली ब्यास क्षेत्रमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । नपाल कम्युनिष्ट पार्टी नेकपा विभाजित भएका बेला नेपाली काङग्रेसले दार्चुला जिल्ला भरि कार्यकर्ता भेटघाट कार्यक्रम तिब्र गरेको छ ।