दार्चुलामा प्रदेश सरकारका पर्यटन सम्बन्धी १५ योजनामा १ करोड ३० लाख बजेट

0
1242
उकु महल

आठ वटा मन्दिर निर्माणका योजनामा मात्रै ४० लाख बजेट

दार्चुला, असार ३१ गते ।

सुदुरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन बन तथा वतावरण मन्त्रालयले आर्थिक बर्ष २०७७/०७८ का लागि दार्चुलामा १५ योजनामा १ करोड ३० लाख बजेट विनियोजन गरेको छ ।
धार्मीक सांसकृतीक पर्यटन विकासका योजना अन्र्तगत प्रदेश सरकारले दार्चुलामा आठ वटा मन्दिर निर्माणका योजनामा मात्रै ४० लाख बजेट विनियोजन गरेको छ ।
८ वटा मन्दिर निर्माणका योजनामा समान ५ लाखका दरले ४० लाख बजेट विनियोजन गरिएको छ ।
लटिनाथ मन्दिर निर्माण लेकम गाउँपालिका ४ बडिगाउँ, कलाशैनी मन्दिर निर्माण दुहु गाउँपालिका ४, दुर्गा भवानी मन्दिर निर्माण मार्मा गाउँपालिका ५ घोल्चर, मल्लो गलैनाथ मन्दिर निर्माण शैल्यशिखर ९, हुनैनाथ मन्दिर लेकम, मालिकार्जुन मन्दिर दुहु १ ढल्या, बेतालेश्वर बगड धुलीधर मन्दिर निर्माण शैल्यशिखर नगरपालिका ९ र भुमीराज मन्दिर निर्माण तथा संरक्षण महाकाली नगरपालिका ३ मल्ली झुस्कु गरि ८ वटा मन्दिरहरुमा समान ५ लाखका दरले ४० लाख बजेट विनियोजन गरिएको  छ ।

ब्रह्मदह पर्यटकीय आवास गृह निर्माण दुहु २ मा ५ लाख बजेट विनियोजन गरिएको छ ।
साथै बौद्ध धर्मको गुम्बाको माने जिर्णोदारमा पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । महाकाली नगरपालिका ४ मा गुम्बाको माने जिर्णाेदारमा ५ लाख बजेट विनियोजन गरिएको छ ।
यसैगरि उद्योग पर्यटन बन तथा वतावरण मन्त्रालयले एक निर्वाचन क्षेत्र एक पर्यटकीय गनतब्य अन्र्तगत जोलजिवि मेला पर्यटन गन्तब्य मालिकार्जुनमा १० लाख र ताराकोट पर्यटकिय पदमार्ग निर्माण नौगाड गाउँपालिका ३ मा १० लाख बजेट विनियोजन गरेको छ ।
शिबधाम यात्रा पथ विकास तथा स्तरोन्नती मालिकार्जुनमा पनि ४० लाख बजेट विनियोजन गरिएको छ । ऐतिहासिक उकु महल संरक्षण मालिकार्जुन ६ मा १० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसैगरि उद्योग पर्यटन बन तथा वतावरण मन्त्रालय संघ सर्शत अनुदान अन्र्तगत हुनैनाथ–जयपुर धार्मीक पर्यटकीय पुर्वाधार मालिकार्जुन र लेकम गाउँपालिका अन्र्तगत १० लाख बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी कैलालीका मन्दिरका योजना परेका छन् भने सबै भन्दा कम प्रदेशकै दुर्गम जिल्ला दार्चुलामा परेका छन् । कैलाली जिल्लामा ५३ वटा योजना मन्दिरसँग सम्बन्धित रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयको वेवसाइटमा राखिएको ‘बार्षिक कार्यक्रम ०७७/०७८’ मा उल्लेख छ ।
त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको गृहजिल्ला रहेको बैतडीमा ४३ योजना छन् । मुख्यमन्त्री त्रिलोचन भट्टको गृहजिल्ला डोटी र आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराको गृहजिल्ला अछाममा मन्दिरका ३८/३८ योजना छन् ।
यस्तै बझाङमा ३५ योजना छन् । कञ्चनपुरमा २२, डडेल्धुरामा १७ र बाजुरामा १४ मन्दिर सम्बन्धी योजना रहेका छन् ।