सर्पदंशबाट बालिकाको मृत्यु

0
881

असार ३१ गते, दार्चुला ।
दार्चुलामा सर्पको टोकाईबाट एक जना बालिकाको ज्यान गएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं ६ सलेतीकी सात बर्षिया बालिका दिब्या धामीको सर्पको टोकाईबाट बुधबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
दिउसो सर्पले टोकेपछि ४ बजे तिर जिल्ला अस्पत्ताल पुगाइएको भएपनि बालिकाको बाटोमै मृत्यु भएको बताइएको छ । जिल्ला अस्पत्तालमा उपचारका लागी पुगाइएकी बालिकालाई अस्पत्तालले मृत घोषित गरेको जिल्ला अस्पत्ताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो ।