दार्चुलाबाट काठमाण्डौ जादै गर्दा कपिलवस्तुमा ट्रकले ठोक्कीएर दार्चुलाकी एक महिला गम्भीर घाइते

0
1991

दार्चुला,मंसिर २९ गते ।
दार्चुलाबाट काठमाण्डौ जादै गर्दा ट्रकले ठोक्कीएर जिल्लाको दुहुँ गाउँपालिकाकी एक महिला घाइते भएकी छन ।
मंसिर २८ गते हिजो बिहान जिल्ला सदरमुकाम खलंगाबाट काठमाण्डौका लागि छुटेको महाकाली यातायातको सुदुरपश्चिम प्रदेश ०२–००१ ख १२५५ नम्बरको बसमा सवार दुहुँ गाउँपालिका वडा नम्बर ४ की ५०÷५५ वर्षिय शान्ति देवी बम घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौता कपिलबस्तुका प्रहरी निरीक्षक गिता प्रसाद चौधरीले जानकारी दिनु भएको छ ।
शुक्रबार आज विहान करिब सात बजेतिर सोही दिसाबाट आइरहेको बागमती प्रदेश .०३–००१ ख १८६६ नम्बरको ट्रकले ठक्कर दिएपछि महिला घाइते भएको उहाँले बताउनु भयो ।
दार्चुलाबाट छुटेको बसले पिसाब फेर्नका लागि कपिलवस्तुकाे शिवपुर नगरपालिका वडा नम्वर ५ मा बस रोकेको बेला ट्रकले ठक्कर दिएको बताइएको छ । घाइते महिलाको खुट्टा र टाउकोमा चोट लागेर गम्भीर घाइते भएको प्रहरी निरीक्षक चौधरीले बताउनु भयो ।
अहिले घाइते महिलाको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएरकाे छ ।