जिल्ला अस्पताल दार्चुलामा पहिलो पटक हाडजोर्नी बिशेषज्ञ डाक्टरलाई स्वागत

0
97

दार्चुला,मंसिर २६ गते ।
जिल्ला अस्पताल दार्चुलामा हाडजोर्नी विशेषज्ञ डाक्टरलाई स्वागत गरेको छ । प्रदेश सरकारको अनुदानमा जिल्ला अस्पताल दार्चुलाले करारमा नियुक्ति गरेका हाडजोर्नी विशेषज्ञ डाक्टर प्रल्हाद थापालाई जिल्ला अस्पताल दार्चुलामा मंगलबार एक कार्यक्रमका बिच स्वागत गरिएको हो । कार्यक्रममा बोल्दै नव नियुक्त डाक्टर थापाले आफुमा भएको ज्ञान सिप,क्षमता र दक्षतालाई सबै संग हातेमालो गर्दै दृढताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राजनितीक दल,कर्मचारी,पत्रकार र आम नागरिकको सहयोग र सहकार्यमा अस्पताललाई थप सृदृढ बनाउने जिल्ला अस्पताल दार्चुलाका प्रमुख संजिव श्रेष्ठले बताउनुभयो ।
यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक राज जोशीले कठिन भौगोलिक अवस्थाका बाबजुत पनि यहाँका आम सर्बसाधारण र जनताका लागि कुशलता पुर्बक सेवा प्रबाह गर्न निर्देशन दिनुभयो । अस्पताललाई व्यवस्थित गर्न आवश्यक पर्ने सबै मेसिन,उपकरणको व्यवस्थापन गरि अस्पतालबाट छिट्टै सेवा प्रवाह गरिने समेत अध्यक्ष जोशीले बताउनुभयो । त्यस्तै लामो समयको संघर्ष पश्चात् हाडजोर्नी विशेषज्ञ डाक्टर ल्याउन सफल भएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख संजिव श्रेष्ठले जानकारी दिनु भयो । अब जिल्ला बासिले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने समय आएको अस्पताल प्रमुख श्रेष्ठ बताउनु भयो ।जिल्ला अस्पतालमा पहिलो पटक हाडजोर्नी विशेषज्ञ डाक्टर नियुक्त भएकोले डाक्टरलाई पुर्ण रुपले सन्तुष्ट बनाएर काम प्रती उत्साहित बनाउने पनि उहाँले बताउनुभयो ।
यस्तै जिल्ला अस्पतालमा पहिलो पटक विशेषज्ञ सहितको हाडजोर्नी सेवा सुरु भएको छ । डाक्टर अभावमा सेवा सुचारु गर्न नसकेको अस्पतालमा अहिले विशेषज्ञ डाक्टर आएपछि सेवा सुरु गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । अस्पतालमा विशेषज्ञ डाक्टर थापा हाजिर भएपछि हाडजोर्नी सम्बन्धि सेवा सुरु भएको अस्पतालका सुचना अधिकारी डम्बर दत्त भटले जानकारी दिनु भयो । अब ढाड दुख्ने, जोर्नी दुख्ने र सुन्निने, चोटपटक लागेका, बाथ रोग भएका र हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीहरूले नियमित रुपमा सेवा लिन सक्ने जिल्ला अस्पताल दार्चुलाका प्रमुख संजिव श्रेष्ठले बताउनु भयो ।
जिल्ला अस्पतालमा हाडजोर्नी सेवा सुरु भएपछि अब जिल्लाबासीलाइ सेवा लिन सहज हुने भएको छ । यस्तै चाँडै नै हाडजोर्नी सम्बन्धि शल्यक्रिया सेवा पनि सुरु गर्ने बताइएको छ । अस्पतालसंग धेरै उपकरण नभएकाले उपकरणको लागि प्रदेश सरकारलाई आग्रह गरेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष दिपक राज जोशी बताउनु भयो । स्वागत कार्यक्रममा अस्पताल व्यस्थापन समितिका अध्यक्ष दिपक राज जोशी,अस्पताल प्रमुख संजिव श्रेष्ठ,अस्पताल व्यवस्थापन समिति सदस्य राधा अवस्थी,स्वास्थ्यकर्मी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।