कालापानी सिर्जनशिल पत्रकारिता पुरस्कारबाट जाेशी सम्मानित

0
517

दार्चुला,मंसिर २३ गते ।
यस वर्षको कालापानी सिर्जशील पत्रकारिता पुरस्कार २०८० पत्रकार हरि प्रसाद जाेशीलाई प्रदान गरिएको छ । २०६८ सालबाट मिडिया विकास समाज नेपाल दार्चुलाले सिर्जनशील पत्रकारहरुलाई प्रदान गर्दै आएको कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार यो वर्ष गतिशील न्युज डटकमका संस्थापक एवम् संचालक हरि प्रसाद जाेशीलाई प्रदान गरिएको छ । शनिबार मिडिया विकास समाज नेपाल दार्चुलाको पन्ध्रौं साधारणसभा तथा सामुदायिक रेडियो नयाँ नेपाल एफएम १०४.५ मेगाहर्जकाे तेह्रौं वार्षिकोत्सव कार्यक्रममा उक्त पुरुस्कार प्रदान गरिएको हाे । मिडिया विकास समाज नेपाल दार्चुलाको कार्य समितिको बैठकले यस बर्षको पुरस्कारको टुंगो लगाएको मिडिया विकास समाज नेपालका अध्यक्ष पदम बडालले जानकारी दिनुभयो । मिडिया विकास समाज नेपालले दार्चुला जिल्लामा क्रियाशिल पत्रकार मध्ये सिर्जनशिल पत्रकारलाई हौसला प्रदान गर्न प्रत्येक बर्ष कालापानी सिर्जनशिल पत्रकारीता पुरस्कर वितरण गर्ने गरेको छ । सुशासन, पारदर्शिता, जवाफदेही र सञ्चारको क्षेत्रमा क्रियाशील नागरिक संस्था मिडिया विकास समाज नेपालले सृजनाशील पत्रकारलाई प्रोत्साहन गर्न एक लाखको अक्षय कोषको स्थापना गरी हरेक वर्ष कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
पुरस्कारको राशी ५ हजार १ सय ११ रुपैयाँ रहेको संस्थाका अध्यक्ष बडालले बताउनु भयो । दार्चुलाको पत्रकारीता क्षेत्रमा लागेका पत्रकार हरि प्रसाद जाेशीले उचित मुल्याङ्कन गरि यस बर्षको कालापानी सिर्जनशिल पत्रकारीता पुरस्कर प्रदान गरेकोमा मिडिया विकास समाज नेपालका अध्यक्ष पदम वडाल, कार्यकारी निर्देशक शंकर सिह धामी लगायत सिङ्गो मिडिया विकास समाज नेपाल परिवारलाई धन्यवाद दिएका छन् । यो पुरस्कारबाट हाल सम्म २०६८ सालमा पत्रकार लोकेन्द्र बम, ०६९ मा बीरेन्द्र महरा, ०७० सालमा कृष्णसिंह धामी पुरस्कृत भएका थिए । यस्तै, २०७१ मा भागरथी भट्ट, २०७२ मा मनोज बडु, २०७३ मा किरण धामी, २०७४ मा लोकेन्द्र जोशी, २०७५ मा सन्तोष सिंह कोट्टारी २०७६ मा रामसिंह धामी,२०७७ मा विरादत्त भट्ट २०७८ मा लक्ष्मण सिंह धामी,२०७९ मा सुन्दर सिंह धामीलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । यस्तै २०६८ सालदेखि हाल सम्म १३ जना पत्रकारलाई यो पुरस्कार प्रदान गरिएको मिडिया विकास समाज नेपाल दार्चुलाले जनाएको छ ।