मालिकार्जुनको एकीकृत घुम्ती शिविरमा तीन सय ७७ जनाले लिए सेवा

0
393

दार्चुला,मंसिर १९ गते ।
मालिकार्जुन गाउँपालिकाले सुरु गरेको एकीकृत घुम्ती शिविर अन्तर्गत मंगलबार तीन सय ७७ जनाले सेवा लिएका छन् । गाउँपालिकाको वडा नम्बर ३ मड प्रेमनगरमा भएको घुम्ती शिविरमा तीन सय ७७ जनाले सेवा लिएको गाउँपालिकाले सार्वजनिक गरेको तथ्याकमा उल्लेख गरिएको छ ।
लिएर सेवाका सबै प्रकार, जनताको घरघरमा स्थानीय सरकार’ भन्ने मूल नाराका साथ गाउँपालिकाले एकीकृत घुम्ती शिविर वडा नम्बर १ बाट सुरु गरेको थियो । मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामीको नेतृत्वमा खटिएको टोलीले नागरिकलाई वडातहमै सेवा दिइरहेको छ । शिविर अन्तर्गत सामाजिक सुरक्षा भत्ता १५ जना,पशु सेवा परामर्श तथा औषधि वितरण ८० जना, स्वास्थ्य परीक्षण तथा परामर्श ९५ जना, औषधि वितरण ९५ जना, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा ६९ जना, विद्यालय अनुगमन ३ तथा उपभोक्ता समितिलाई प्रशिक्षण २० जनालाई दिइएको मालिकार्जुन गाउँपालिकाका एमआइएस अपरेटर लोकेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।
शिविरमा कुल २२० महिला र २५४ पुरुषले सेवा लिएका छन् । जनतालाई आधारभूत सेवा घुम्ती शिविरमार्फत वडातहमै पु¥याउने काम गरिएको गाउँपालिका अध्यक्ष हिरासिह धामीले बताए । जनताले सकेसम्म आधारभूत सेवा लिन पालिकासम्म पुग्नुनपरोस भनेर वडातहबाटै घुम्ती सेवामार्फत सेवा प्रवाह थालिएको उनले बताउनु भयो ।
शिविरमा एमबीबीएस डाक्टरद्धारा दीर्घरोगी, बृद्धबृद्धाको स्वास्थ्य परिक्षण, औषधि वितरण, पशुजन्य रोग र उत्पादन सम्बन्धी परामर्श तथा उपचार सेवा दिने काम भइरहेको छ । सामाजिक सुरक्षा भत्ता लिन वडासम्म पनि आउन नसक्ने लाभग्राहिहरुलाई गाउँपालिका अध्यक्ष हिरा सिह धामीको नेतृत्वमा माचापुच्छ्रे बैंकका कर्मचारी र सामाजिक सुरक्षा तथा पन्जिकरण सेवा इकाइका कर्मचारी सहितको टोलिले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाले जनाएको छ ।