छाेरा भेट्न जाँदा ट्रकले ठाेक्किएर आमाकाे मृत्यु

0
101

दार्चुला,मंसिर २९ गते ।
छाेरा भेट्न दार्चुलाबाट काठमाण्डौ जादै गर्दा ट्रकले ठोक्कीएर जिल्लाको दुहुँ गाउँपालिकाकी एक महिलाकाे मृत्यु भएको छ।
मंसिर २८ गते हिजो बिहान जिल्ला सदरमुकाम खलंगाबाट काठमाण्डौका लागि छुटेको महाकाली यातायातको सुदुरपश्चि
म प्रदेश ०२–००१ ख १२५५ नम्बरको बसमा सवार दुहुँ गाउँपालिका वडा नम्बर ४ की ५०÷५५ वर्षिय शान्ति देवी बमलाई ट्रकले ठक्कर दिएकाे प्रहरी जनाएको छ । घाइते बमलाई  उपचारको लागि चाैराहा अस्पताल वुटवल लगिएको भए पनि अस्पतालमै उपचारको क्रममा उनकाे मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौता कपिलबस्तुका प्रहरी निरीक्षक गिता प्रसाद चौधरीले जानकारी दिनु भएको छ ।
शुक्रबार आज विहान करिब सात बजेतिर सोही दिसाबाट आइरहेको बागमती प्रदेश .०३–००१ ख १८६६ नम्बरको ट्रकले ठक्कर दिएको थियाे ।
दार्चुलाबाट छुटेको बसले पिसाब फेर्नका लागि रोकेको बेला ट्रकले ठक्कर दिएको बताइएको छ । मृतक महिलाको खुट्टा र टाउकोमा चोट लागेकाे प्रहरी निरीक्षक चौधरीले बताउनु भयो । अहिले मृतक महिलाको शव चौराहा अस्पताल बुटवलबाट पाेष्टमाटमकाे लागि लुम्बिनी प्रदेशिक अस्पताल लगिएको छ । काठमाडौंमा  रहेका छाेरा पुगेपछि पाेष्टमाष्टम हुने प्रहरीले जनाएको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर छ