छाङरुमा फोन सेवा सुचारु

0
1158

दार्चुला, असार ०८ गते ।

ब्यास गाउँपालिकाको वडा नं १ छाङरुमा रहेको नेपाल टेलिकमको स्काई फोन सेवा आजबाट सुचारु भएको छ । हिउदमा हुने भारी हिमपातका कारण टावरको सोलार र लिङ्क रिसिभरमा क्षती पुगेको थियो । छाङका बासिन्दाहरु कुञ्चा सरेर गएको एक महिना पुग्न लाग्दा पनि नेपालबाट बाटो नहुदा टेलीकमका कर्मचारीहरु टावर सुचारु गर्न छाङरु पुग्न सकेका थिएन्न । टावर सञ्चालनमा आउन नसक्दा त्रिदेशीय सिमा क्षेत्र सञ्चारविहिन बनेको थियो ।

यो पनि पढ्नुहोस : सिडियोको सट्टा टेलिकम प्रमुखलाई हेलिकोप्टर सेवा ।

छाङरु गाउँबाट झण्डै २ घण्टाको पैदल दुरीमा रहेको मोबाइयल टावर सुचारु गर्नका लागी नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङ नेपाली सेनाको हेलिकोप्टर मार्फत ३ असारमा प्रधान सेनापती र सशस्त्र प्रहरी प्रमुखको टोलीसंगै छाङरु पुगेका थिए ।

हिउदमा हुने भारी हिमपातका कारण टावरको सोलार र लिङ्क रिसिभरमा क्षती पुगेको थियो

आजबाट ब्यास क्षेत्रमा टावर सञ्चालनमा आएको छाङरुका स्थानिय दिपेस ऐतवालले जानकारी दिएका छन् ।
टावर सञ्चालनमा आएपछि छाङरुमा रहेको सशस्त्र प्रहरी पोष्ट र गाउँका स्थानियका साथै भारतीय सुरक्षार्मी र भारतीय क्षेत्रका गाउँहरुलाई पनि सुविधा पुगेको छ ।