हातपात घटनामा वडाध्यक्ष डडालले गल्ती स्विकारे, बिवाद समाधान

0
857

दार्चुला, असार ०८ गते ।
दुहूँ गाउँपालिकामा वडाध्यक्षले रोजगार संयोजकमाथि गरेको हातपातको घटनाको बिवाद टुङ्गो लागेको छ । वडा नं २ का अध्यक्ष एबं गाउँपालिका प्रबत्ता गोबिन्द डडालले गाउँपालिकाका रोजगार संयोजक करनसिंह बडालमाथि असार ५ गते प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा नै हातपात गरेका थिए ।

यो पनि पढ्नुहोसः दुहुमा वडाध्यक्षले गरे रोजगार संयोजकमाथि हातपात

उक्त बिषयमा वडाध्यक्ष डडालले गल्ती स्वीकारेपछि विवाद समाधान भएको छ ।
दुबै पक्ष बसालेर न्यायिक समिति संयोजकको रोहबरमा उक्त घट्ना विवाद समाधान गरिएको गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशीले बताउनु भयो ।
‘वडाध्यक्ष ज्यूले आफ्नो गल्ती स्वीकार गरे, रोजगार संयोजकले पनि कर्मचारी आचार संहितामा रहेर काम गर्ने भनेकाले उक्त विषय समाधान गरिएको हो’ उपाध्यक्ष जोशीले भन्नु भयो ।
गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम तथा गाउँपालिकाका कर्मचारीहरुमाझ उक्त विषय समाधान गरिएको उपाध्यक्ष जोशीले जानकारी दिनुभएको छ ।