खुल्ला पुरुष कबड्डी प्रतियोगिताको उपाधि बडाल फाउन्डेसनलाई

0
206

दार्चुला,कात्तिक १८ गते ।
दार्चुलाको खुला मञ्चमा संचालन गरिएको खुल्ला पुरुष कबड्डी प्रतियोगितामा बडाल फाउन्डेसनले प्रथम स्थान हासिल गरेको छ । जिल्ला कबड्डी संघको आयोजनामा कात्तिक १५ गते देखि दार्चुला खुला मञ्च खेल मैदानमा संचालन गरिएको कबड्डी प्रतियोगितामा ज्वाला ए टिमलाई हराउदै बडाल फाउन्डेसनले प्रथम स्थान हासिल गरेका हो ।
४० मिनट सम्म संचालन भएको फाइनल खेलमा बडाल फाउण्डेसनले ५२ अंक प्राप्त गर्दै उपाधि हात पारेको थियो भने ज्वाला टिमले ४८ अंक प्राप्त गर्दै उपविजेतामै चित्त बुझाउनु परेको छ ।
पहिलो हापमा २३–२० अंकका साथ ज्वाला टिमले अग्रता कायम गरेको भएता पनि दोस्रो हापमा ज्वालालाई उछिन्दै बडाल फाउण्डेसनले ५२–४८ अंकका साथ उपाधि चुम्न सफल भएको दार्चुला जिल्ला कबड्डी संघका सचिव नविन जोशीले जानकारी दिनुभयो ।
प्रतियोगिताको बिजेता बडाल फाउन्डेसनले नगद ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, त्यस्तै उपबिजेता टिमले नगद रुपैयाँ २१ हजार १ सय २१, शिल्ड, मेडल र प्रमाणपत्र र तृतिय स्थान हात पार्न सफल रोयल धाप टिमले नगद रु. ११ हजार १ सय ११, मेडल प्रमाणपत्र हात पारेको छ । स्थानीय स्तरमा कबड्डी खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्धेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको जिल्ला कबड्डी संघका सचिव नविनराज जोशीले बताउनु भयो । जिल्ला कबड्डी संघका अध्यक्ष डम्मर सिंह खत्रीको अध्यक्षतामा समापन कार्यक्रममा महाकाली नगरपालिकाका नगर प्रमुख नर सिह चैसिरको प्रमुख अतिथ्यतामा प्रतियोगिताको समापन गरिएको छ ।
समापन कार्यक्रममा महाकाली नगरपालिकाका उप प्रमुख दुर्गा खत्री विष्ट, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति डम्मर बहादुर विष्ट जिल्ला प्रहरी कार्यालय दार्चुलााक प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंह लगायत पत्रकारहरुको सहभागितामा प्रतियोगिताको समापन गरिएको हो ।
प्रतियोगिता विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । वेष्ट रेडरमा जगदिश लुहार, वेष्ट डिफेन्डरमा नविन बहादुर कुवर, अलराउण्डरमा सन्तोष थापा, अनुशासितमा अभिशेख कुवर र राइजिङ प्येलेयरमा विकास सिह विष्ट चयन भएका थिए । त्यस्तै गोविन्द कुवर,चन्द्रसिह धामी र सन्दिप वोहरा मैन अफ द मैच खेलाडीको रुपमा घोषित भए ।
यस्तै बेष्ट रेडरलाई नगद रु. १ हजार १ सय ११, ट्रफि र प्रमाणपत्र, बेष्ट डिफेन्डरलाई पनि नगद रु. १ हजार १ सय ११, ट्रफि र प्रमाणपत्र, बेष्ट अलराउन्डरलाई नगद रु. १ हजार ५ सय ५, ट्रफि र प्रमाणपत्र तथा अनुशासित खेलाडीलाई नगद २ हजार ५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा जम्मा ७ वटा टिमको सहभागिता रहेको छ ।