कोरोना संक्रमितको सम्पर्कमा रहेका एक जना सहित तीन जनामा कोरोना पुष्टी

0
798

दार्चुला भाद्र ३० गते ।
दार्चुलामा थप तीन जनामा कोरोना पुष्टी भएको छ । गत भाद्र २४ गते कोरोना पुष्टी भएका एक जनाको कन्टेक्ट ट्रेसिङमा परेका महाकाली नगरपालिका ४ का एक जना २४ बर्षिय महिलामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
डडेलधुरा अस्पतालमा मंगलबार भएको कोरोना परिक्षणमा दार्चुलाका तिन जनाको कोरोना रिर्पाेट पोजेटिभ आएको छ । महाकाली नगरपालिकाका एक महिला सहित शैल्यशिखर नगरपालिकाका २ जना पुरुषहरुमा कोरोना पुष्टी भएको उहाँले जानकारी दिनुभयो ।
शैल्यशिखर नगरपालिकाका २६ र २८ बर्षिय पुरुषहरुमा कोरोना पुष्टी भएको हो । उनिहरु भारतबाट आएको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।
साथै डडेलधुरामा गरिएको परिक्षणमा बैतडीका ८ र बझाङका एक जनामा कोरोना पुष्टी भएको छ ।

यो पनि पढ्नुहोसः दार्चुलामा कुनै ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा देखियो कोरोना