कही नभएको जात्रा ब्यासमा, गाउँपालिका कार्यालयमा ताला लगाउन र खोल्न होडबाजी

0
1293

बिरा दत्त भट्ट, दार्चुला ।
भाद्र २९ गते । ब्यास गाउँपालिकामा फेरी तालाबन्दी गरिएको छ । व्यास गाउँपालिका वडानम्बर ३ सिनाका जनप्रतिनिधि र स्थानियहरुले वडामा विनियोजन विनियोजन गरेका योजनाहरु गाउँपालिकाले रकमान्तर गरेपछि भाद्र २६ गते तालाबन्दी गरेका थिए । तालबन्दी गरेकै तेस्रो दिन भाद्र २८ गते आइतबार सिनाकै केहि महिलाहरुले ताला खोलेपछि आज फेरी तालाबन्दी गरिएको छ ।
ताला लगाउने समुह संग छलफल नै नगरी आफ्ना दल निकटका महिलाहरु द्धारा तालाबन्दी खोलाएकोमा आपत्ती जनाउदै नेपाल कम्युनिष्ट पार्टी नेकपा व्यास गाउँ कमिटिले सोमबार तालाबन्दी गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा व्यासले विरोध पत्र सार्वजनिक गर्दै व्यास गाउँपालिका वडानम्बर ३ का जनप्रतिनिधिहरुले भाद्र २६ गतेका दिन विभिन्न माग राख्दै गाउँपालिमा लगाएको तालाबन्दी कुनै संवाद र सम्झौता नगरी उल्टै आफ्नै दलनिकटका महिलाहरु बोलाई खोल्न लगाउनु अबान्छनिय कार्य भएको जनाएको छ ।
जनताबाट निर्वाचित जनप्रतिनिधि र आम व्याँसबासी जनताको मन मस्तीष्कमा यस्ता क्रियाकलापले ठेस पुगाएको हुदा नेपाल कम्युनिष्ट पार्टी व्यास गाउँकमिटिको ध्यानाकर्षण भएको विरोध पत्रमार्फत जानकारी गराएको छ ।
जनताबाट निर्वाचित जनप्रतिनिधिहरुको माग पुरा नहुुनु र गाउँपालिकाको बजेट विनियोजनमा पनि ६ ओटै वडामा दामासाही बजेट विनियोजन गर्नु संविधान विपरित र स्थानिय तह संचालन ऐन विपरित भएको विरोध पत्रमा उल्लेख गरेको छ । योजना छनौट गर्दा बस्ती स्तरबाट माग फारममा माग भएका योजनाहरु वडा कार्यालयबाट अनुमोदन गरि गाउँकार्यपालिकाबाट पास गर्नुपर्ने नितिगत व्यवस्था हुदाहुदै पनि गाउँपालिकाले ठाडो निवेदन र कृते गरि आफ्नो दल निकटका कार्यकर्ताहरुलाई बजेट दिएको हुदा यस्ता योजना तुरुन्त खारेज गर्नुपर्ने माग गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा व्यास गाउँकमिटि अध्यक्ष जयलालसिह विष्ट लगायतका नेताहरुद्धारा हस्ताक्षरित विरोध पत्रमा वडा कार्यालय जानकारी गराई वडाअध्यक्षको रहोवरमा उपभोक्ता समित गठन गर्नुपर्ने कानुनी र नितिगत व्यवस्था रहेको भएता पनि सुचना जानकारी नगराईकनै गठन गरिएका उपभोक्ता समिति बदर गर्नुपर्ने माग गरेका छन् ।
कोरोना भाइरस नियन्त्रणको नाममा पालिकाले हालसम्म गरेको खर्च विवरण जनताले बुझ्ने गरि सूचना मार्फत सार्वनजिक गर्नुपर्ने, राजनितिक आस्थाका आधारमा कर्मचारी नियुक्त बन्द गर्नुपर्ने र २८ गते लगाएको ताल्चा खोल्नेलाई कानुन बमोजीम कार्वाही गर्नुपर्ने माग गरेका छन् ।
त्यसैगरी माग पुरा नभएसम्म व्यास गाउँपालिकामा लगाएको तालाबन्दी खोलिए थप संर्घषका कार्यक्रम अगाडी बढाउने र संघर्षमा कुनै क्षति पुगेमा गाउँपालिकाले जिम्मा लिनुपर्ने नेकपा व्यास गाउँकमिटि अध्यक्ष जयलालसिह विष्टले बताउनुभयो ।
व्यास गाउँपालिका उपाध्यक्ष हेमा भट्टले भने माग सम्बोधन गर्न छलफल चलिरहेको बेला आफ्नो हात समातेर कार्यालयबाट बाहिर निकाली तालाबन्दी गरेको बताउनुभयो । भाद्र २६ गते गरिएको तालाबन्दी संगै राखेका मागहरुबारे छलफल भईरहेको र माग सम्बोधन गर्ने सहमती भइरहेको बेला हात समातेर बाहिर निकालेको उपाध्यक्ष भट्टको आरोप छ ।

सेवा प्रवाहमा अवरोध गरिएको भन्दै काङ्ग्रेसको विज्ञप्ती

कोरोना संक्रमण बढीरहेका बेला नेपाल कम्युनिष्ट पार्टी ब्यासले हुल हुज्जत गर्दै गाउँपालिका उपाध्यक्ष हेमा भट्टलाई गाली गलौच गरेको काङ्ग्रेस ब्यासले आरोप लगाएको छ ।
शान्तीपुर्ण तरिकाले विरोध गर्न पाउने अधिकार भएपनि दुई तिहाईको दम्भमा हुलहुज्जत गरि तालाबन्दी गरेको र सेवा प्रभावमा अवरोध पुर्याएको भन्ने नेपाली काङ्ग्रेस ब्यासको ठहर छ ।
गाउँपालिका उपाध्यक्ष माथी हातपात गरेकाले महिला हिंसा भएको भन्दै महिलामाथी हातपात गर्नेलाई कानुनि दायरामा ल्याउनुपर्ने काङ्ग्रेसको माग छ ।
बार्ताका माध्यमबाट समाधान खोज्न र आम सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रति सम्बेदनशील हुन नेपाली काङ्ग्रेस ब्यास गाउँपालिका द्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

यो पनि पढ्नुहोसः ब्यास गाउँपालिकामा तालाबन्दी