मोटरसाइकल दुर्घटनामा प्रहरी हवलदार घाईते, थप उपचारका लागि नेपालगञ्ज रेफर

0
714

दार्चुला, भाद्र २९ गते ।

दार्चुला सदरमुकाम खलंगाको गल्फै क्षेत्रमा आइतबार एक जना प्रहरी हवलदार मोटरसाइकल दुर्घटनामा परेका छन् ।
अपराहन्न साढे चार बजेतिर गल्फै सुर्यप्रकास होटेल नजिक प्रहरी हवलदार नन्दराज भट्ट मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
से ५ त ६०९४ नम्बरको मोटरसाइकलमा सवार भट्ट चिप्लीएर दुर्घटनामा परेका हुन् । भट्टको टाउकोमा चोट लागेको छ । जिल्ला अस्पताल दार्चुलाले रेफर गरेपछि थप उपचारका लागि उहाँलाई नेपालगञ्ज लगिएको छ । उक्त सडकको छेउमा नाली ढाक्ने स्लेव राखिएको र सडक साघुरो भएका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख एबं डिएसपी पदम बहादुर विष्टको भनाई छ । सडक छेउमा राखिएका सामग्री तत्काल नहटाईएमा अरु दुर्घटना पनि हुन सक्ने उहाँले बताउनुभयो ।

सडकमा राखिएका स्लेव हटाउछौः वडाध्यक्ष अवस्थी

छिणा क्षेत्रबाट बगेर आएको नालीमा बर्षादको समयमा पानीको सतह बढेपछी नाली चौडा पार्न स्लेव सडक छेउमा राखीएको महाकाली नगरपालिका वडा नं ५ का वडाध्यक्ष तोरण प्रसाद अवस्थीको भनाई छ ।
पानीको सतह बढेपछि गल्फै क्षेत्रका घरहरुमा नालीको पानी जान थाल्यो, नाली चौडा गर्न स्लेवहरु खोलेर सडक छेउमा राखिएको हो , वडाध्यक्ष अवस्थीले भन्नुभयो ।
उक्त मोटरसाइकल दुर्घटनाका अरु कारण पनि हुन सक्ने भएपनि स्लेभ पनि एक हुन सक्ने भएकाले तत्काल सडक छेउमा राखेका नाली ढाक्ले स्लेवहरु ब्यवस्थापन गर्छाै उहाँले भन्नुभयो ।
गत साउन ४ गते नै नाली चौडा पार्न सडक छेउमा स्लेवहरु राखिएको भएपनि दुर्घटना हुने अवस्था भए सडक विभागले हटाउन भन्नुपर्र्याे, सडक विभागले पनि चासो नदिदा र नाली चौडाको काम भइरहेकाले स्लेवहरु हाल सम्म सडक छेउमा नै रहेको उहाँको भनाई छ ।