गोकुलेश्वर क्षेत्रको निषेधाज्ञा हटाईयो, ग्वानी–पनेबाज क्षेत्रमा निषेधाज्ञा कायम

0
813

दार्चुला, भाद्र ३० गते ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार कोरोना संक्रमित पाइएका शैल्यशिखर नगरपालिकाको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पाइएपछि गत १९ गते देखि कायम रहेको शैल्यशिखर नगरपालिकाको वडा नं ९ गोकुलेश्वर क्षेत्रको निषेधाज्ञा भने हटाएको छ ।
गत १९ गते देखि कायम रहेको गोकुलेश्वर बजार, पश्चिममा जतपुरि धाम, उत्तरमा भोलीया इलाका प्रहरी कार्यालय मोड र दक्षिणमा चमेलिया नदीको पक्की पुल तथा पुर्वमा कठपते गाजरी, धारीगाड खोला सम्म र वडा नं ३ को कर्कले देखि उत्तरमा सुन्दरपुर सम्म लुइटा र ओस्प गाउँमा जिल्ला प्रशासन कार्यालय दार्चुलाद्धारा जारी गरिएको निषेधाज्ञा आज देखि हटाएको छ ।
सो क्षेत्रमा कोरोना शंकित ब्यक्तिहरुको रिर्पाेट नेगेटिभ आएकाले आजबाट निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
साथै आज दुई जना कोरोना संक्रमित पाइएको वडा नम्बर ६ क्षेत्रमा कोरोना संक्रमण समुदायमा फैलिने खतरालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । वडा नम्बर ६ को मिलमिली गाउँ, पूर्वमा तिखाधार, पश्चिममा पनेबाँज क्षेत्र, उत्तरमा रोला खोला र दक्षिणमा मौरीभिटा क्षेत्रमा अत्यावस्यक सेवा र कार्य बाहेका क्रियाकलापहरुमा रोक लगाउने गरि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
कोरोना संक्रमण निर्मुल नभएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउन र नअपनाएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले चेतावनी दिएको छ ।