कुटपिट गरि हत्या गरेको आरोपमा दुई जना पक्राउ

0
921

 

दार्चुला, भाद्र १४ गते । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुरमा कुटपिट गरि हत्याको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भाद्र ५ गते हरितालिका तीजका दिन कुटिएका शंकरपुरका लालबहादुर चन्दको शनिबार धनगढीमा मृत्यु भएको छ । भाद्र ११ गते जिल्ला अस्पताल दार्चुलाले धनगढी रिफर गरेको धनगढी पु¥याउदा चन्दको मृत्यु भएको हो । मृतकको शबको धनगढीमै पोष्टमार्टम गरिएको छ । मृतकका भाई अजब बहादुर चन्द र सूवर्ण धानुकले कुटपीट गरेको भन्दै पिडीत परिवारले प्रहरीमा जाहेरी दिएपछि उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।