काठमाण्डौबाट सरुवा भएर आएका प्रहरी सहित दुई जना कोरोना संक्रमित भेटिए

681

दार्चुला, भाद्र १४ गते । दार्चुलामा आइतबार थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । एक जना प्रहरी र शैल्यशिखर नगरपालिका वडा नं २ देथलाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
डडेलधुरा अस्पतालको प्रयोगशालामा भएको आइतबारको परिक्षणमा २७ बर्षिय प्रहरी र ५१ बर्षिय देथलाका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
देथलाका कोरोना संक्रमित ब्यक्ति भारतबाट आएका र हाल क्वारेन्टाइनमा रहेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान भने महानगरीय प्रहरी परिसर काठमाण्डौ बाट सरुवा भएर दार्चुला आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख एबं डिएसपी पदम बहादुर विष्टले जानकारी दिनुभयो । गत भाद्र १ गते ८ जना र ५ गते २ जना प्रहरीहरु काठमाण्डौबाट दार्चुला सरुवा भएर आएका उहाँले बताउनुभयो । उनिहरुलाई दार्चुला बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । बाकि ९ जना प्रहरीहरुको कोरोना रिर्पाेट भने नेगेटिभ आएको छ । कोरोना पोजेटिभ देखिएका प्रहरी जवानलाई महाकाली नगरपालिकाका दुई जना कोरोना संक्रमित राखीएको खेट्टेबगडको आइसोलेसनमा राख्ने तयारी भइरहेको डिएसपी विष्टको भनाई छ । शनिबार मात्रै दार्चुलाको महाकाली नगरपालिका वडा नं ८ मा दुई जना कोरोना संक्रमित भेटिएका थिए । यो संगै दार्चुलामा आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या पाँच पुगेको छ भने हाल सम्म दार्चुलामा ५२ जनाको कोरोना रिर्पाेट पोजेटीभ पाइएको छ । जसमध्ये ४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !