दार्चुलामा थप तिन जनामा स्क्रब टाइफस देखियो 

0
753

दार्चुला, भाद्र १५ गते । दार्चुलामा थप तिन जनामा स्क्रब टाइफस देखिएको छ । सोमबार जिल्ला अस्पताल दार्चुलामा स्क्रब टाइफसका तिन जना विरामी थप भेटिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले जानकारी दिनुभयो । महाकाली नगरपालिकामा दुई जना र मालिकार्जुन गाउँपालिकाका एक जना गरि तिन जना महिलामा स्क्रब टाइफस देखिएको हो । यसअघि भदौ १२ र १४ गते गरिएको परीक्षणमा महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई जना महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक जनामा पुरुषमा स्क्रब टाइफसको संक्रमण देखापरेको थियो । यो संगै दार्चुलामा स्क्रब टाइफसका विरामीको संख्या ८ पुगेको छ ।  उनीहरुमध्ये एक जनालाई धनगढी रेफर गरिएको र एक जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको उहाँले बताउनुभयो । बाँकी जनामा रोगका सामान्य लक्षण भएका कारण उनीहरुलाई डिस्चार्ज गरिएको छ । परजीवि जातको भुसुना (किर्ना)ले टोकेमा स्क्रब टाइफस लाग्ने स्वास्थ्यकर्मीले बताएका छन् । संक्रमण भएमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखापर्ने, अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन प्रक्रियामा गडबडी हुनेलगायतका लक्षण देखापर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।