पिथौरागढमा ३ सय ३३ जनामा कोरोना संक्रमण

670

दार्चुला, भाद्र १५ गते । दार्चुला र बैतडी संग जोडिएको भारतको पिथौरागढ जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ३३ पुगेको छ । भारतीय पत्रिका दैनिक जागरणका अनुसार आइतबार पिथौरागढ जिल्लामा थप ८ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये पाँच जना कोरोना संक्रमित धार्चुलाका रहेका छन् । अल्मोडाबाट आएका र क्वारेन्टाइनमा रहेका धार्चुलाको ग्वालगाउँका पाँच ब्यक्तिहरुमा कोरोना पाइएको हो । साथै पिथौरागढ जिल्ला सदरमुकामका दुई जना र बेरीनागका एक जनामा आइतबार कोरोना संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमित ब्यक्तिहरुको कन्टेक्ट ट्रेसिङ गर्ने कार्य भइरहेको बताइएको छ । यो संगै पिथौरागढ जिल्लामा कोरोना संक्रमित ब्यक्तिहरुको संख्या ३ सय ३३ पुगेको छ । जसमध्ये १ सय १२ जना मात्रै आइसोलेसनमा रहेका छन् भने बाकि संक्रमित निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !